पत्रकारको ‘तीज ट्यालेन्ट सो’ प्रतियोगिता

सिराज खान

सञ्चारिका समूह बाँके शाखाले पहिलोपटक जिल्लामा महिला पत्रकारका लागि आयोजना गरेको विशेष ‘तीज ट्यालेन्ट शो प्रतियोगिता–२०८२’ आयोजना गरेको छ।

कोहलपुरमा आयोजना गरिएको सो प्रतियोगितामा महिला पत्रकारले गायन, नृत्य र साहित्यतर्फ आफ्ना कला र प्रतिभा प्रस्तुत गरेको सञ्चारिका समूह बाँकेका अध्यक्ष पवित्रा परियारले बताउनुभयो।

प्रतियोगितामा एकल गायनतर्फ शान्ति सुनार प्रथम, काजल रैका द्वितीय र विमला चौधरी तृतीय हुनुभयो भने साहित्यतर्फ निशु जोशी प्रथम, विद्युत्मा रैका द्वितीय र शान्ति सुनार तृतीय हुनुभयो। सोही प्रकारले नृत्यतर्फ ममता थापा प्रथम, ज्ञानु थापा द्वितीय र सन्ध्या गरै तथा सावित्री गिरी तृतीय हुनुभयो।

प्रतियोगितामा विजयी हुनुभएकाहरलाई कोहलपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख संगिता सुवेदी, लखनउ सिटी अस्पतालका डा. प्रमोदकुमार पाल र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले प्रमाणपत्र, नगद तथा पुरस्कार वितरण गर्नुभयो।

Exit mobile version