राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

People in cafe flat vector illustration. Cartoon friend or couple characters sitting at tables, dining and talking, ordering dinner food from waiter in restaurant cafeteria interior isolated on white

तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरुको माग छ ।

तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत भन्नुहुन्छ, “कोरोनापछि सबैतिरको व्यापार ठप्प छ, झन् होटल व्यवसायी मारमा छन्, यस्तो बेला होटललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”

जिल्ला प्रशासन कार्यालयले राती ११ः०० बजेसम्म खोल्न पाउने अनुमति दिएको भए पनि प्रहरीले ९ः०० बजे नै बन्द गराउँदै आएकाले व्यवसायी थप मारमा परेका हुन् । “प्रहरीले जबर्जस्ती ९ः०० बजे नै बन्द गराउँदै हिँडिरहेका छन्, यसले हामीलाई मार परेको छ”, उहाँले भन्नुभयो ।

राति गाडीमा बाहिरबाट आउनेहरूलाई पनि मध्यनजर गर्नुपर्ने उहाँको भनाइ छ । तुलसीपुरमा पाँच सय बढी होटल व्यवसायी छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले होटल सञ्चालन गर्ने समयको विषयमा जिल्लाभर एकरुपता हुनुपर्ने बताउनुभयो ।

प्रहरीले धरपडक गर्ने गरेको भन्दै व्यवसायीले ध्यानाकर्षण गराएपछि सोमबार मात्रै उपमहानगरपालिकाले सर्वपक्षीय बैठक बोलाएको थियो ।

Exit mobile version