राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति भंग गरी महाधिवेशनमा जान माग गरिएको छ । राप्रपाको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको समितिलाई भंग गर्न माग गरेको छ ।
महामन्त्री धवलशमशेर राणा पक्षधरको आइतबार कान्तिपथमा बसेको बैठकले वर्तमान समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउन माग गरेको हो । अध्यक्ष लिङ्देनसँग तीन बुँदे माग राख्दै महाधिवेशन गर्न निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निर्णय गरिएको छ । केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्न समेत माग गरिएको छ ।
