गोरखा इको प्यानलले आफ्ना उत्पादनबारे जानकारी दिन नेपालगन्जमा सरोकारवालाहरूसँग शनिबार अन्तरक्रियात्मक भेटघाट आयोजना गरेको छ । नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदानसँगै गरिएको अन्तरक्रियामा निर्माण क्षेत्रसँग आबद्ध विभिन्न व्यवसायी, प्राविधिक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गोर्खा इको प्यानलका सिइओ सुरेश कवनले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ ऊर्जा र नवीन योजनाहरूका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । निर्माण क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको सिईओ कवनले जोड दिए ।
सहभागीहरूबीच आपसी परिचय विस्तार, अनुभव आदान–प्रदान तथा नेटवर्किङको अवसरसमेत मिलेको कार्यक्रममा भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने
योजना रहेको गोर्खा इको प्यानलका जीएम (एर) जीवन खैतुले जानकारी गराए ।
विगत एक दशकदेखि निरन्तर प्रि फयाब क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको गोर्खा इको प्यानल नेपालगन्ज बाँकेका प्रोप्राइटर विशाल भट्टराईले जानकारी दिए ।
