होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

होटल व्यवसायी महासंघ नेपालको पाँचौ केन्द्रीय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार, तुल्सीराम भण्डारीको अध्यक्षतामा निर्विरोध केन्द्रीय समिति निर्वाचित गरिएको हो ।

शुक्रबार र शनिबार गण्डकी प्रदेशको पोखरामा भएको महासंघको केन्द्रीय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेति, संगठन उपाध्यक्ष विर मण्डल बटाला, महासचिव राजेश क्षेत्री निर्वाचित गरेको छ ।

केन्द्रीय समितिमा होटल व्यवसायी संघ बाँके नेपालगन्जको प्रतिनिधित्व गर्दै पोखरा महाधिवेशनमा सहभागी दुई जना प्रतिनिधि निर्वाचित भएका छन् । संघका कोषाध्यक्ष एकराज पाण्डेयका अनुसार, अध्यक्ष भीमलाल कंडेलको नेतृत्वमा महाधिवेशन पुगेको प्रतिनिधि टोलीबाट वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पोखरेल र कार्यसमिति सदस्य अतुल गुप्ता केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

‘केन्द्रीय समितिमा हाम्रो सशक्त प्रतिनिधित्वले नेपालगन्जको व्यवसायिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ’, नवनिर्वाचित केन्द्रीय सदस्यलाई पोखरामै शनिबार स्वागत सम्मान गर्दै अध्यक्ष कंडेलले भने ।

Exit mobile version