चिकित्सकले शुरु गरे राजनीति

डा. प्रतिक श्रेष्ठ दलबलसहित रास्वपा प्रवेश

डेन्टल सर्जन तथा अन्तर्राष्ट्रिय खेलाडी डा.प्रतीक श्रेष्ठले स्वास्थ्य क्षेत्रको सुधार र विकासमा योगदान दिने उद्देश्यले सक्रिय राजनीतिकमा प्रवेश गरेका छन् । उनले २०२३ को स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशिपमा नेपालको तर्फबाट स्वर्ण पदक जित्दै देशलाई गौरवान्वित बनाएका थिए ।

उल्लेख्य संख्यामा स्वास्थ्यकर्मीहरुसहित सत्तारुढ, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. श्रेष्ठले स्वास्थ क्षेत्रको समग्र सुधारका लागि युवाशक्ति, नयाँ सोच र ऊर्जा बोकेको पार्टीमा आबद्ध भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा अझै धेरै काम बाँकी रहेकाले स्वास्थ्यकर्मीहरू एकजुट भएर सेवा र विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

उनले अब अरूको भर पर्नुभन्दा पनि आफैं सक्रिय भएर समाज र देशका लागि काम गर्ने समय आएको उल्लेख गर्दै अहिलेको सरकारले अघि सारेका विकासका कार्यक्रम र भ्रष्टाचार उन्मूलन अभियानप्रति पूर्ण प्रतिबद्धता जनाए । साथै, युवाहरूको सक्रिय सहभागिताबाट भ्रष्टाचारविरुद्धको अभियान अझ सशक्त बन्ने विश्वास समेत व्यक्त गरे ।

शनिवार आयोजित कार्यक्रममा डा. प्रतिक श्रेष्ठले राजनीतिमा होमिएको घोषणा गरेका हुन् । डा.श्रेष्ठको नेतृत्वमा डा.प्रकाश नाग, डा. प्रविन गुप्ता, डा. सुबोध गौतम, डा. अभिशेष अर्जेल, डा.समशुल वागवान, सुमन गिरि श्रेष्ठ, किरण श्रेष्ठ, शौरभ कर्माचार्यसहित ठुलो संख्यामा पार्टी प्रवेश गरेका स्वास्थ्यकर्मीहरुलाई रास्वपा नेताहरुले स्वागत सम्मान गरेका थिए ।

कार्यक्रममा रास्वपाका लुम्बिनी प्रदेशका सभापति, जिल्ला तथा क्षेत्रीय सभापतिसहित ठुलो संख्यामा नेता तथा कार्यकर्ता सहभागी थिए ।

Exit mobile version