निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालगन्जले स्थानीय पर्यटन प्रवद्र्धन तथा विद्यार्थीमा प्रकृति र वन्यजन्तु संरक्षणप्रति चेतना जगाउने उद्देश्यले ‘जङ्गल सफारी कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ । प्याब्सन बाँकेको आयोजना नाटा बाकेको सहकार्यमा यात्रामा प्याब्सनका २० भन्दा बढी प्रतिनिधिहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । सहभागीहरूले बाँके राष्ट्रिय निकुञ्जको समृद्ध जैविक विविधता, दुर्लभ वन्यजन्तु र हरियाली वातावरणको नजिकबाट अनुभव लिँदै स्थानीय पर्यटन र वातावरणीय शिक्षाको महत्वबारे प्रत्यक्ष ज्ञान प्राप्त गरेका थिए ।
कार्यक्रमको उद्घाटनमा नेपालगन्ज उद्योग व्यवसाय संघका अध्यक्ष टंक धामीले यात्राको शुभकामना व्यक्त गरेको प्याब्सन नगर उपाध्यक्ष हेमन्त राज काफ्लेले जानकारी दिए । अध्यक्ष धामीले यस्ता कार्यक्रमहरूले शिक्षासँगै पर्यटन र वातावरणीय जागरुकता फैलाउन ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
त्यस्तै, नाटा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देलले बाँके जिल्लामा पर्यटनको अपार सम्भावना रहेको र प्याब्सनले सुरु गरेको यस्तो पहलले आत्मीयता र सहज यात्राको वातावरण सिर्जना गरेको बताए ।
प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले शिक्षासँगै प्रकृति र पर्यटनलाई जोड्ने यस्ता कार्यक्रमले विद्यार्थी र शिक्षक दुवैमा जिम्मेवार नागरिकताको भावना विकास गराउने बताउँदै भविष्यमा पनि यस्ता सिर्जनात्मक अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
‘शिक्षा, प्रकृति र पर्यटन तीनैको समन्वयले उज्यालो भविष्य निर्माण गर्छ,’ प्याब्सन बाकेका अध्यक्ष बिकास बज्राचार्यले भने । का थिए भनी नेपालगन्ज नगर उपाध्यक्ष हेमन्त राज काफलेले जानकारी दिए ।
