कर्मचारी आक्रमणको निन्दा

बाँके जिल्लास्थित निजामती सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूले बाँकेमा भएको कर्मचारी आक्रमणको भत्र्सना गरेका छन् । गत कार्तिक ७ गते फिल्डमा खटिएकै अवस्थामा वाँके राष्ट्रिय निकुन्जमा रेन्जर पदमा कार्यरत जयहरि धिताल माथि राप्तिसोनारी गाउँपालिका वडा नं. ९, बुच्चापुरमा स्थानीयहरूले कुटपिट गरेका थिए । धिताल वन्यजन्तुको आक्रमणमा परी एक जनाको मृत्यु भएपछि त्यहाँ पुगेका थिए ।

त्यसक्रममा रिपोर्टिङ्गका क्रममा पुगेका पत्रकार डिल्ली शाहीमाथि समेत हातपात भएको थियो । ‘रेन्जर धिताल माथि स्थानीयहरूबाट भैरहेको कुटपिट र दुव्र्यवहारको घटना समेतको रिपोर्टिंग गर्ने क्रममा फोटो र भिडियो किन खिचेको ? भन्दै पत्रकार शाही माथि समेत आक्रमण र कुटपिट भएको घटना प्रति समेत हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र उक्त घटना प्रति खेद प्रकट गर्दछौं’, कर्मचारीहरूले विज्ञप्तिमा भनेका छन् ।

प्रेस नोट जारी गर्नेहरूमा नेपाल निजामति कर्मचारी संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाई, नेपाल निजामति कर्मचारी यूनियन बाँकेका उपाध्यक्ष पिताम्बर आचार्य, एकीकृत सरकारी कर्मचारी संगठन बाँकेका अध्यक्ष धनमल महत रहेका छन् ।

Exit mobile version