For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Blog

आयोगप्रतिनै आशंका !

byDainik Nepalgunj
November 1, 2025
in Blog
0 0
0
आयोगप्रतिनै आशंका !
Share on FacebookShare on Twitter

गत भाद्र २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोग बाँके आइपुगेको छ । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्मा नेतृत्वको टोलीले जिल्लामा क्षतिग्रस्त कार्यालयको अनुगमन गर्नुका साथै शुक्रबार सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ, संगठन, राजनीतिक दल सम्बद्धहरू सँग अन्तरक्रियात्मक छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूहरूले आयोगको निष्पक्ष काम गर्न सक्ने प्रति नै आशंका गरेका छन् । विगतमा पनि भएका घटनाहरू हुँदा आयोग गठन हुने, प्रतिवेदन सार्वजनिक नहुने, आयोगको सिफारिस कार्यान्वयन नहुने अवस्थाले गर्दा पनि आयोग सुझाव दिन विभिन्न जिल्लामा पुग्दा आशंका व्यक्त गरेको पाइन्छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका सचिव सुधांसु कोइराला, एमाले नेता घननाथ खनालले कुनै मुठभेड नचाहेको बताएका थिए । काँग्रेस नेता कोइरालाले चोकमा ढालिएका शालिक उठाउन पार्टीभित्र माग रहेपनि त्यसले अर्को मुठभेट निम्त्याउने सक्ने भन्दै रोकेको बताए । राज्यले चोकका शालिक उठाउनु पर्ने धारणा उनको थियो ।

जेनजीको प्रदर्शनमा नेपालगन्जका दुई युवाको ज्यान गएको प्रति दुःख व्यक्त गर्दै सचिव कोइरालाले प्रहरी प्रति जनताको विश्वास जाग्ने वातावरण बनाउन आवश्यक रहेको बताएका थिए ।
काँग्रेस बाँकेका नेता कोइरालाले आम जनतालाई प्रहरी, प्रशासन अविश्वास रहने वातावरण रहेको बताए । उनले जनताको मनमा चोट पुगेको भन्दै जनता सुरक्षित रहेको महसुस गराउन आवश्यक रहेको धारणा राखेका थिए ।

नेता कोइरालाले आयोगको काम औपचारिकतामा सीमित नहोस् भन्दै एक्सन जाओस् भन्ने कामना गरेका थिए ।

एमाले नेता घननाथ खनालले भाद्र २४ मा भएको आन्दोलनले बाँके तहसनहस भएको बताए । ‘त्यसको असर अहिलेसम्म परेको छ, क्षति पुगेका सरकारी कार्यालयले अहिले पनि निर्धक्क र सबै सेवा सूचारु गर्न सकेका छैनन्’, उनले भने । एमाले नेता खनालले भाद्र २३ को आन्दोलनको जिम्मा जेनजीले लिएपनि २४ गतेको जिम्मे नलिएको भन्दै भाद्र २४ भएको आन्दोलनको जिम्मेवारी एकिन गर्न आवश्यक रहेको बताए । ‘जेनजीले भाद्र २४ को आन्दोलन हाम्रो होइन भनेको छ, त्यसले सवाल खडा गरेको छ’, उनले भने ।

एमाले नेता खनालले सरकारी कार्यालयमा लाखौं खर्च गरेर तयार भएका तथ्यांक रहेका कागजात जलेको भन्दै आयोगले सत्यतथ्य बुझेर दोषीलाई कारवाही गर्न भन्ने आशा रहेको बताएका थिए ।

‘जनसरोकारका सम्पूर्ण कार्यालय प्रति यो सरकार मौन छ, प्रहरी, प्रशासनलाई काम गर्ने वातावरण छैन’, नेता खनालले भने । अपराधी फरार, हतियार लुट्ने फरार हुँदा भाद्र २४ को आन्दोलन कसले गरेको हो भन्ने एकिन हुन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोलेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले कार्यालयमा पुगेको क्षति र हाल सेवा प्रवाहको स्थितिमा बोलेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र चौधरीले शालिक तोडफोड गर्नेलाई कारवाहीका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई प्रमाण दिंदा समेत माथिको आदेश भन्दै कारवाही अगाडि नबढाएको जानकारी दिए । ‘अहिले कुनै पार्टीको सरकार छैन, कसलाई भन्ने ?’, उनले भने, ‘भ्रष्टाचार र सुशासनका नाममा आन्दोलन गरिएपनि अहिले पनि भ्रष्टाचार भैरहेको छ, बेथिति उस्तै छ, खोई रोकेको ?’

कार्यक्रमको अध्यक्षता गरेका बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीले भाद्र २३ र २४ को आन्दोलनमा सिर्जित समस्या राष्ट्रिय भएको बताए । उनले तत्कालीन समयमा सुरक्षा बैठकले जोखिम औंल्याएपनि त्यसको नियन्त्रण गर्न नसकेको बताएका थिए ।

‘निष्पक्ष रुपमा काम गर्छौं’
गत भाद्र २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोगका सदस्य समेत रहेका प्रवक्ता विज्ञानराज शर्माले आयोगले निष्पक्ष र पूर्वाग्रही ढंगले काम गर्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।

शुक्रबार नेपालगन्जमा सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, संघ, संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरू बीच आयोगका सदस्य शर्माले अप्ठ्यारोका बेला सहयोग गर्न आयोगमा बसेको बताएका थिए । उनले आयोगबाट गलत कुरा प्रतिवेदनमा नजाने उल्लेख गर्दै बिस्तृत छानबिनका लागि समितिको प्रस्ताव समेत प्रतिवेदनमा समेटिने बताएका थिए ।

विगतमा गृह मन्त्रालयको विज्ञप्तिका कारण अझै पनि प्रजिअहरू अलमलमा रहेको पाएको पाएको भन्दै आयोगका सदस्य शर्माले फैजदारी कसुरमा अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारे । ‘हामीले फ्याक्ट फाइन्डिङ्ग गर्ने हो, केही संकेत गर्ने हो र भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिने हो’, उनले भने ।

यसअघि सरकारमा रहेकाहरूको पासपोर्ट रोक्का गर्न निर्णय बयान आवश्यक पर्ने भएर गरिएको र स्वीकृति लिएर जान समस्या नरहेको सदस्य शर्माले बताएका थिए ।

बाँकेमा यस्तो क्षति
भाद्र २४ गते भएको जेनजी आन्दोलनका कारण बाँकेका विभिन्न सरकारी कार्यालयमा पुगेको क्षतिका कारण अहिले सर्वसाधारण नागरिकले स्वस्फूर्त सेवा पाउन सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बाँकेमा निजी, सरकारी तथा राजनीतिक दलका कार्यालयमा पुगेको क्षति विवरण संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले बाँकेमा कोहलपुर नगर प्रमुखको घरमा पूर्ण क्षति भएको उपप्रमुख संगीता सुवेदी र वडा नं. ११ का वडाध्यक्ष कल्पना शर्माको घरमा आंशिक क्षति भएको जानकारी दिए ।

जेनजीको प्रदर्शनका क्रमम ाबाँकेमा २ सय ४५ वटा दुई पाङ्ग्रे, ४१ वटा चार पाङ्ग्रे, २१ वटा तीन पाङ्ग्रे र २ वटा ६ चक्के ट्रक पूर्ण रूपमा ध्वस्त भएको प्रहरीको तथ्यांक रहेको छ ।
बाँकेमा जेनजीको प्रदर्शमा २९ वटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड प्रहरी बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जिसीले जानकारी दिए । ‘२१ वटा सरकारी कार्यालयमा पूर्ण क्षति, ६ वटा कार्यालयमा आंशिक क्षति र दुई वटा कार्यालयमा सामान्य क्षति भएको छ’, उनले भने । प्रहरी तर्फ इप्रका जयसपुरमा आंशिक क्षति र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा पूर्ण क्षति पुगेको छ । प्रहरीका चार वटा सवारीसाधन पनि पूर्ण रूपमा क्षति पुगेको छ ।

बाँकेमा जेनजीको प्रदर्शनका क्रममा राजनीतिक दलका कार्यालय सात वटा कार्यालयमा आंशिक क्षति पुगेको बाँके प्रहरीको तथ्यांक छ ।

‘ढिलो चाँडो कारवाही हुनुपर्छ’

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले गत भाद्र २३ र २४ गते भएका घटनाका दोषीलाई ढिलोचाँडो कारवाही हुनुपर्ने धारणा राखेका छन् । उनले हाल प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन प्रमाण संकलन गरिरहेको उल्लेख गर्दै भने, ‘दण्डहिनता अन्त्यका लागि दोषीलाई कारवाही गर्न आवश्यक छ, भविष्यमा कारवाहीका लागि पनि प्रमाण चाहिन्छ, त्यसैले तपाईहरूसँग प्रमाण र पहिचान भए उपलब्ध गराइदिनुस् ।’ उनले सामाजिक सञ्जालमार्फत धेरै प्रमाण प्रहरीले सुरक्षित गरिसकेको बताए ।

बाँके प्रहरी प्रमुख जिसीले प्रहरी रहँदासम्म जनताले सुरक्षाको अनुभूति गर्नुपर्ने सिद्धान्त रहेको बताएका थिए । ‘पहिले प्रहरी मर्ने हो, प्रहरीसँग भएका गोली सकिने हो’, नागरिक सुरक्षामा प्रहरी सिद्धान्त उल्लेख गर्दै उनले भने । उनले नागरिक सुरक्षाको अनुभूति गराउने प्रतिबद्धता समेत जनाए ।

Previous Post

पहिलो दिन सगरमाथा स्विमिङ क्लबको दबदबा

Next Post

नेपाल अमेरिकासँग चार विकेटले पराजित

Next Post
टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

नेपाल अमेरिकासँग चार विकेटले पराजित

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version