For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

किसानका लागि अर्बबढी लगानी हुँदै

byDainik Nepalgunj
November 9, 2025
in News
0 0
0
किसानका लागि अर्बबढी लगानी हुँदै
Share on FacebookShare on Twitter

देशकै प्रमुख धान उत्पादन केन्द्रका रूपमा चिनिएको बर्दियाका किसानहरू अहिले गम्भीर संकटमा परेको गुनासो आउन थालेका छन् । खुला सिमानाबाट अनियन्त्रित रूपमा भित्रिने भारतीय चामल र बजार व्यवस्थापनमा देखिएको कमजोरीका कारण किसान निरुत्साहित हुन थालेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव निता पोखरेल अर्याल र उपसचिव प्रहलाद कार्कीसहितका अधिकारीहरूको उपस्थितिमा नेपालगन्जमा हालै आयोजित एउटा कार्यक्रममा जनप्रतिनिधिहरूले खुला सिमानालाई प्रमुख समस्याका रूपमा उठाए ।

बर्दियाका आठैवटा स्थानीय तहका प्रमुखहरूले एकै स्वरमा भने, ‘यदि खुला सिमानाको नियमन नभए बर्दियामा कृषि उत्पादन निरुत्साहित हुँदै जानेछ, धान खेतीको भविष्य नै जोखिममा पर्छ ।’ बर्दियाका किसानको सहयोगका लागि ‘समावेशी ग्रामीण विकास परियोजना’को शुभारम्भ गरिरहँदा स्थानीय तहका जनप्रतिनिधिहरूले सरकारको सहयोगका लागि गुहार लगाइरहेका हुन् ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्साल मन्त्रालयका उच्च अधिकारीहरूसँग भने, ‘भारतीय चामलले हाम्रो धानको मूल्य घटाइरहेको छ, किसानले श्रम गरेको फल पाउन सकेका छैनन् ।’ त्यही कुरामा बर्दियाका सबै पालिका प्रमुखको समान धारणा, माग र अपेक्षा सरकारसँग छ ।

त्यस्तै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले खुला सिमानाका कारण किसानको उत्पादन बजारमा बेच्नै नसक्ने अवस्था आएको बताए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले भने, ‘कम्तिमा हाम्रो कानुन कार्यान्वयन भए मात्र पनि भारतीय सीमामा हुने विकृति रोकिन्थ्यो ।’ कार्यक्रममै राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरी पनि सीमा नियमन र बजार व्यवस्थापनमार्फत किसानका उत्पादन बजारिकरणमा जोड दिंदै थिए ।

ज्नप्रतिनिधिहरूले बर्दियामा वार्षिक आठ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने गरेको बताए । तर, सरकारले समर्थन मूल्य तोकेर पनि त्यसअनुसार खरिद गर्न नसक्दा किसानले नोक्सानी भोग्नुपरेको उनीहरूको गुनासो छ । ‘सरकारले ३० हजार मेट्रिक टन मात्र खरिद गर्ने घोषणा गरेको छ, बाँकी धान बेच्न किसान असमर्थ छन्,’ गुरुवाका अध्यक्ष केसीले भने, ‘बाँकी धान सडकै फालौं ?’

जनप्रतिनिधिका अनुसार, बजारमा व्यापारीहरूले समर्थन मूल्यभन्दा निकै कम मूल्यमा धान खरिद गरिरहेका छन् । मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रूपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रूपैयाँ तोकिए पनि व्यापारीहरूले २ हजार ५ सयदेखि २ हजार ८ सय रूपैयाँमै खरिद गर्ने गरेका छन् ।

जनप्रतिनिधि र किसानका गुनासो सुनेपछि सहसचिव पोखरेलले बर्दियालाई कृषि सम्भावनायुक्त जिल्ला भएकै कारण परियोजना छनोट गरिएको बताइन् । उनले भनिन्, ‘यहाँ उठाइएका समस्याको सम्बोधनका लागि मन्त्रालयमा तत्काल समन्वय बैठक राखिन्छ ।’ उप–सचिव कार्कीले कृषि अर्थ र वाणिज्य मन्त्रालयबीच समन्वय बैठक राखेर सहजीकरण गर्ने प्रतिबद्धता जनाए । ‘ताकि तपाईहरूले अघि सारेका समस्याहरूसँग जोडिएर उपलब्धिमूलक निष्कर्ष निकाल्न सकियोस्,’ कार्कीले जनप्रतिनिधिहरूलाई आश्वस्त पार्दै भने ।

सहकारीले दिलायो राहत
व्यापारीहरूले उचित मूल्य नदिएपछि मधुवन नगरपालिका–७ स्थित ताराताल सानाकिसान कृषि सहकारी संस्थाले किसानलाई राहत दिने उद्देश्यले समर्थन मूल्यमै धान खरिद सुरु गरेको जनाएको छ । सहकारीले हालसम्म ३५ सय क्विन्टल धान खरिद गरिसकेको छ र पाँच हजार क्विन्टलसम्म खरिद गर्ने लक्ष्य लिएको छ ।

सहकारीका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाले भने, ‘घाटा भए पनि किसानलाई सहज होस् भनेर समर्थन मूल्यमै धान खरिद गरिरहेका छौं ।’

धान खरिद रकम तीन दिनभित्रै किसानको बैंक खातामा सिधै पठाउने व्यवस्था गरिएको सहकारीका लेखा संयोजक देविबहादुर बस्नेतले बताए ।

मधुबन नगरप्रमुख तेजबहादुर भाटले भने, ‘सरकारले समर्थन मूल्य मात्रै तोक्ने होइन, बजार नियमन पनि गर्नुपर्छ । हामी सहकारीमार्फत किसानको उत्पादनलाई संरक्षण गर्न प्रयासरत छौं ।’

बर्दियाका किसान अहिले मल, बिउ र जनशक्तिको अभावसँग जुध्दै छन्, तर सबैभन्दा ठूलो चुनौती भने बजार र मूल्यको अन्योल हो । खुला सिमानाबाट हुने अनियन्त्रित आयात र बिचौलियाको मनपरी व्यवहारले किसानलाई निराश बनाइरहेको छ ।

ताराताल सानाकिसानले गत बर्ष कृषकहरूको एक हजार क्विन्टल धान खरिद गरेको थियो । विक्री हुन नसक्दा सो धान अझै स्टक रहेको सहकारीले बताएको छ ।

Previous Post

खुला सिमाना र कमजोर बजार व्यवस्थापनले संकटमा धान खेती

Next Post

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

Next Post
धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version