नेपालगञ्जमा पेस्तोल बरामद

बाँकेमा प्रहरीले पेस्तोल बरामद गरेको छ । नेपालगञ्ज उपमहानरपालिका–२, बसपार्क क्षेत्रबाट सो पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

प्रहरीले पेस्तोलसँगै म्याग्जिन र दुई राउण्ड गोली सोमबार राति बरामद गरेको थियो । सो पेस्तोल कसले प्रयोगमा ल्याएको खुल्न नसके पनि पेस्तोल प्रयोग गरेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पेस्तोलबारे विस्तृत छानबिन जारी रहेको प्रहरीको भनाइ छ । 
Exit mobile version