जिल्ला प्रहरी कार्यालय बाँकेले अपराधिक घटनामा तत्काल कारवाहीका लागि प्रहरी टोली खटाएको छ । जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले विभिन्न अपराधिक घटनामा तत्कालै ‘रेस्पोन्स’ गरी नागरिकलाई भरपर्दो सुरुक्षा प्रदान गर्नका लागि क्वीक रेसपोन्स भेकल सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले वर्तमान सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै हुनसक्ने संभावित चोरी, लुटपाट, झै–झगडा, सवारी दुर्घटना लगायतका अन्य अपराधिक क्रियाकलाप एवं गतिविधिहरूको नियन्त्रणका लागि क्वीक रेस्पोन्स टोली तयार गरेको हो ।
प्रहरीका अनुसार, टोली नेपालगन्जको विपी चोकमा सवारीसाधन सहित २४सै घण्टा तयार अवस्थामा रहनेछ ।
जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक पातलीले अपराधिक क्रियाकलाप, गतिविधि सम्बन्धी सूचना एवं प्रहरी सहायताका लाग नम्बरसमेत जारी गरेका छन् । प्रहरीलाई घटनाको जानकारी दिंदा ढिलो पुग्ने गरेको गुनासो अब नआउने विश्वास गरिएको छ ।
