धार्मिक अनुष्ठानमा युवा पुरोहित

युवराज पाण्डे

पुजाआजा, यज्ञ, हवन होस वा अन्य धार्मिक अनुष्ठानमा युवा पुरोहितको चहलपहल बढ्न थालेको छ । खास गरी बाल्यकालदेखि नै संस्कृत शिक्षा अध्ययन गरेर पछिल्लो समय युवा पुस्ताको आर्कषण पुजाआजा, यज्ञ, हवन तथा धार्मिक अनुष्ठानमा युवा पुरोहितका रूपमा हुन थालेको हो । रूपन्देहीको सैनामैना नगरपालिका वडा नं १ का २५ बर्षीय शौरभ खनालले अहिले तिलोत्तमा नगरपालिका, मणिग्रामस्थित सरस्वती विद्यापिठ क्याम्पसमा शास्त्री तहको अध्ययन गर्दै छन् ।

‘मैले ६ कक्षादेखि संस्कृत पढन थाले त्यसबाट मलाई झन रुची हुँदै गयो पारिवारिक वातावरण पनि अध्यात्मिक भएकाले पनि मलाई यस क्षेत्रमा जानका लागि प्रेरित ग¥यो’, उनले भने । युवा पुरोहित खनालले हामी अहिलेको जुन समयसमा छौं अधिकांसलाई कुनै न कुनै प्रकारको डिप्रेसन छ, र आध्यात्मले चिन्तन गर्न सिकाउने भएकाले यसप्रतिको विश्वास बढदै गएको बताए ।

मानिसको जन्म वा मृत्यु किन भएको भन्ने विषयलाई समेत स्पष्टसँग बुझाउने विषय आध्यात्म भएको उल्लेख गर्दै उनले २०७० सालदेखि पुजाआजा, यज्ञ तथा धार्मिक अनुष्ठानका काम गर्दै आएको जानकारी दिए । संस्कृततर्फ चार विषय र अन्यतर्फ चार विषयको पढाई हुने गरेको जानकारी दिदै खनालले शास्त्रीतहको अध्ययन जारी रहेको बताए । पुजा लगायतका धार्मिक अनुष्ठान गराउन जुम्ला, सुर्खेत,काठमाण्डौं भारतका हरिद्धार, बनारस लगायत विभिन्न शहरसम्म पुगेको उनको भनाइ छ । खनालले दश कक्षासम्मको अध्ययन गर्दा १० कर्मकाण्डको पढाई सकिएको उल्लेख गर्दै जति धेरै अध्यस्त भयो त्यति धेरै यज्ञ, हबन, पुजा गर्न जानिने बताए । ‘जन्मदेखि मृत्यु पर्यन्त सबै कर्मका लागि हामी काम गर्न सक्छौ,’ उनले भने ।

सुर्य दक्षिणायन भएका बेला, साउन, कार्तिक,मङ्सिर, माघमा सबैभन्दा वढी पुजाआजा हुने गरेको जानकारी दिदै खनालले भने, ‘ब्रम्हमहुर्तमा उठेर गुरुकुलीय शिक्षा प्रणाली अनुसार वन्दना गरेर शिक्षा ग्रहण गरेर हामीले आफ्नो रुटिन बनाएर काम गर्छौ ।’

संस्कृततर्फ कक्षा १० सम्म,पूर्व मध्यमा, कक्षा १२ सम्म उत्तर मध्यमा र स्नातक तहलाई शास्त्रीतहका रूपमा अध्ययन हुने गरेको छ । स्नातकोत्तर तह (आर्चाय) अध्यनका लागि दाङ, पोखरा र काठमाण्डौंमा जानुपर्छ । युवा पुरोहित खनालले यसबाट दैनिक खर्च चलाउन र अध्ययनका लागि खर्च भइरहेको बताए । रूपन्देहीमा करिव ८०० को हाराहारीमा युवा पुरोहित भएको अनुमान गरिएको छ ।

अर्घाखाची जिल्लाको खनका त्रिलोचन खनाल सानोमा संस्कृत पढने जागरुकताले यसप्रतिको आर्कषण बढेको बताए । शास्त्री तहको अध्ययन पूरा गरेका उनले आर्चाय पढनका लागि तयारी भइरहेको बताए ।

‘मानव चेतना भडकिरहेको हुन्छ, एकग्रता, शान्ति, योगका लागि पनि धर्मको रक्षा गर्न जरुरी छ,’ उनले भने । करिव १० बर्षदेखि सप्ताह लगायतका पुजाआजा गराउदै हिडेको अनुभव भएको उल्लेख गर्दै उनले तनहुँको दमौलीमा अहोरात्र हवन गरेको बताए ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ निवासी नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका अध्यक्ष तथा विश्व ज्योतिष महासङ्घका केन्द्रिय सदस्य डा गौरी शङकर शर्माले जिल्लाका विभिन्न स्थानमा रहेका मन्दिरमा संस्कृतको आधारभूत ज्ञान प्रदान गरिएको बताए । उनले बाँकेमा युवा पुरोहितको आर्कषण बढेको उल्लेख गर्दै धर्मका नाममा लुटपाट भएको टिप्पणी गरे । संस्कृत विषयमा नै भारतको कलकत्ताबाट पिएचडी गरेका शर्माले बाँकेमा करिव १ सय ५० को हाराहारीमा युवा पुरोहित भएको जानकारी दिए ।

Exit mobile version