नेपालगन्जका वरिष्ठ चिकित्सक डा. संकेत कुमार रिसाललाई राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सम्मान गरेको छ ।
भेरी अस्पतालमा कन्सल्टेन्ट फिजिसियन तथा एच.आई.भी. फोकल पर्सनका रुपमा जिम्मेवारी निर्भाह गरिरहेका डा. रिसाललाई एचआइभी÷एड्स रोकथाम, नियन्ञण, उपचार हेरचाह तथा स्याहार सेवा प्रभावमा विशिष्ट योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरिएको हो ।
भेरी अस्पतालमा रहेर डा. रिसालले पश्चिम नेपालमा लामो समयदेखि एचआइभी÷एड्स रोकथाम, उपचार, हेरचाह र जनचेतना फैलाउने कार्य गर्दै आएका छन् । उनका प्रयासले बिरामीको स्वास्थ्य सेवा सुधार मात्र नभएर समाजमा सचेतना फैलाउन पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले ललितपुरमा आयोजना गरेको २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रममा डा. रिसाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकाल र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले दोसल्ला र कदरपत्रसहित सम्मान गरेका थिए ।
