नेपालगन्ज महोत्सवको तयारी तिव्र, महोत्सवमा जलपरी देखि लण्डन ब्रिजसम्म हेर्न पाइने

यही पुष ३० गतेदेखि नेपालगन्जमा हुन लागेको महोत्सबको तयारी तिब्र पारेको छ । महोत्सव संचालन हुन दुई दिन बाँकी रहेको हुनाले तयारीलाई तिब्र पारेको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा पुष ३० गतेदेखि माघ १० गतेसम्म आठौ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, प्रर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ नेपालगञ्ज सडक डिभिजन परिसर नेपालगञ्ज बाँकेमा सञ्चालन हुन गईरहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो ।

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल विसी माल्दाई, सृजना खत्री, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो ।

महोत्सवमा लण्डन बृज, जल परि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता माघ ४ गतेदेखि संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था आयोजक मुल समितिले जानकारी गराएको छ भने महोत्सव अवधिभर उद्घोषक तिलक गाउँले, ओवीराज आचार्य, समिरमान श्रेष्ठ, ममता थापा, आरजे राजकोटी लगायतले उद्घोषण गर्ने सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनुभयो ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशको उर्जा जलश्रोत तथा सिचाई मन्त्री सिता चौधरीले गर्नु हुने आयोजकले जनाएको छ । उद्घाटनको दिन विभिन्न समुदायको नाचगान सहितको झाकी धम्बोझी चोकदेखि सुरु भई पुष्पलाल चोक, कारकादो चोक हुदै सडक डिभिजन परिसर फिल्डमा पुग्ने सांस्कृति समितिका संयोजक डाँगीले बताउनुभयो ।

Exit mobile version