बाकेमा कृयासिल रहेको सस्था नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्दै आइरहेको ” नेपालगन्ज साइकल फेस्टिबल-२०८२” को तयारी तिब्र रूपमा अगाडि बढाइएको क्लबका सह- सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक बिष्णु कडेलले जानकारी दिनुभयो।
क्लबका सल्लाहकार तथा पुर्व अध्यक्ष सतिश निरौलाका अनुसार नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गत मुख्य रूपमा ” नेपालगन्ज किड्स रेस” र ” टुर डे ठाकुरद्वारा” गरि दुई इभेन्टको आयोजना गर्दै आइरहेको छ।
निरौलाका अनुसार २०७५ साल बाट आयोजना गरिदै आएको टुर डे ठाकुरद्वारा पश्चिम नेपालमै पहिलो सुरुवात गरिएको साइकलको इभेन्ट हो र यो अहिले सम्म आईपुग्दा देशकै साइकलको ठुलो इभेन्टका रूपमा स्थापित भएको छ जुन कार्यक्रममा भारतिय शहरहरु देशको ७ वटै प्रदेशका प्रमुख शहरहरु बाट सहभागिता हुँदै आएको छ। यो कार्यक्रममा सहभागीहरु नेपालगन्ज देखि बर्दिया ठाकुरद्वारा सम्म १०० किलोमीटर साइकल चलाउदै बाके र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यहरु भ्रमण गर्नेछन् ।
निरौलाले भने साइकल मार्फत पर्यटन पर्बधन गर्दै आइरहेको यो इभेन्टले साइकल मार्फत बाके र बर्दिया लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको छ। कार्यक्रम संयोजक प्रदीप सापकोटा का अनुसार कार्यक्रमको तयारी सङ्गै क्लब श्रोत ब्यबस्थापनमा जुटिरहेको छ। क्लब का अध्यक्ष कबिराम बुढाथोकी भन्छन् – फागुन ७/८/९ मा आयोजना हुने यो कार्यक्रम ले बाके र बर्दिया लाई गुल्जार गर्दै यहाँको पर्यटन मा टेवा पुर्याउने छ।
यस्तै नेपालगन्ज फेस्तिभल अन्तर्गत आयोजना गरिने नेपालगन्ज किड्स रेस फागुन ७ गते आयोजना गरिने छ जसमा १० बर्ष मुनिका बालबालिका ले साइकल प्रतिस्पर्धामा सहभागी बन्न सक्ने नेपालगन्ज साइक्लिङ क्लब का प्रथम उपाध्यक्ष तथा किड्स रेस संयोजक सुनिलसिह हमाल ले जानकारी दिनु भयो।
नेपाल पर्यटन बोर्ड सङ्गै बाके र बर्दियाका स्थानीय सरकारले समेत यो कार्यक्रम लाई चासो राख्दै प्राथमिकता मा राखेको बताउँछन् पुर्व अध्यक्ष सतिश निरौला ।
