फूलफुले बाबरी मेरो माया’मा रुमाल उफार्दै नाचे महोत्सवका दर्शक

आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायक शिव संगितको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको छ । महोत्सवमा शिव संगितले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा प्रदर्शनी स्थल दर्शकले भरिएको थियो ।

विशेषगरी ‘फूलफुले बाबरी मेरो माया, नाचिदेउ रामरी’ बोलको चर्चित झ्याउरे गीत प्रस्तुत हुनासाथ दर्शकहरू उत्साहित हुँदै नाचगानमा मग्न भएका थिए । गीतको तालमा युवा दर्शकहरू नाच्दै गुनगुनाएका थिए भने कार्यक्रमस्थलमा उत्सवको माहोल झनै चर्किएको थियो । महोत्सवमा चर्चित गायक शिव संगिते गाउनुभएका ‘घर कहाँ हो बैनीको’, ‘नाचिदेउ फनकै घुमेर’, ‘नाचिदेउ सोल्टिनी’, ‘रोधीघरमा नाचौँ गाउँ गरौँ रमाइलो’ तथा ‘फुल फुल्यो बामरी मेरी माया नाचिदेउ रामरी’ लगायतका चर्चित गीतमा दर्शकहरू रमाउँदै उफ्रँदै नाचेका थिए । शिव सङ्गीतले गीत गाइरहँदा महोत्सवका दर्शकहरू रुमाल उफार्दै नाच्दै रमाएका थिए ।

महोत्सवमा गायक चन्द्र घायल , मोडेल सिलसिला खाड ठकुरीको, गायक हेमन्त पंगाली, गायक धर्म बि.क., गायक नयन नेपाली, गायक भिम श्रीष, गायक जनक बि.क., गायक नवराज साईला, गायक टेकेन्द्र विशाल, बेजोड प्रस्तुति रहेको थियो भने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती हुने गरेको छ ।

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।

आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । चर्चित गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ ।

भोलि १३ गते मंगलवार नेपालगन्ज महोत्सवमा चर्चित गायिका शान्ता रानी परियार र चर्चित गायक गोपाल नेपाल जिएम लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ भने माघ १७ गते लोकप्रिय तथा चर्चित गायक दुर्गेश थापाको प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ ।

यसैबीच, दर्शक तथा व्यवसायीहरूको उच्च चापलाई मध्यनजर गर्दै महोत्सवको अवधि माघ १७ गतेसम्म थप गरिएको महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनु भएको छ ।

Exit mobile version