For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी : छ महिनामा चार हजार बढी मुद्दा

byDainik Nepalgunj
February 1, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी : छ महिनामा चार हजार बढी मुद्दा
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका १२ जिल्लामा पछिल्लो छ महिनामा ४ हजार ५६ मुद्दा दर्ता भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीले दर्ता, फछ्र्योट र फस्र्यौट बाँकी मुद्दाहरूको विवरण सार्वजनिक गरेको हो ।

लुम्बिनीका १२ जिल्लामा गत साउनदेखि पुस मसान्तसम्म दर्ता भएका मध्ये २ हजार २ सय ६७ मुद्दा फस्र्यौट भएका छन् । उक्त अवधीमा १ हजार ७ सय ८९ मुद्दा फस्र्यौट बाँकी रहेका छन् ।

लुम्बिनीमा गत तीन आर्थिक वर्षको अवधिमा २१ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । तथ्यांक अनुसार प्रदेशमा कुल २२ हजार १ सय ७ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्षमा २०७९÷८० प्रदेशका १२ वटा जिल्लामा कुल ६ हजार ९ सय ९७ मुद्दा दर्ता भएका थिए । तीमध्ये ६ हजार ५ सय ३३ मुद्दा फछ्र्योट गरिएका थिए भने १ सय ४४ मुद्दा बाँकी थिए ।

२०८०÷८१ मा दर्ता बढेर ७ हजार ६ सय ४४ पुगेका थिए । जसमध्ये ५ हजार ९ सय २२ मुद्दा फछ्र्योट भएका थिए भने १ हजार ५ सय २० मुद्दा आ.व.को अन्त्यसम्म फस्र्यौट हुन बाँकी रहेका थिए ।

२०८१÷८२ मा भने मुद्दा दर्ता केही घटेको छ । उक्त आ.व.मा ७ हजार ४ सय ६६ मुद्दा दर्ता भएकोमा ४ हजार ४ सय ७८ मुद्दा फछ्र्योट भएका छन् र २ हजार ९ सय ८५ मुद्दा अझै बाँकी छन् ।

तथ्यांकले देखाउँछ कि पछिल्ला वर्षहरूमा मुद्दा फछ्र्योटको अनुपातमा गिरावट आएको छ भने बाँकी मुद्दाको संख्यामा कमी आएको छैन । २०७९÷०८० मा मात्र १ सय ४४ मुद्दा बाँकी रहँदा २०८१÷८२ मा यो संख्या २ हजार ९ सय ८५ पुगेको छ ।

सबैभन्दा बढी मुद्दा रूपन्देहीमा

लुम्बिनीमा सबैभन्दा बढी अपराधिक घटनाको मुद्दा दर्ता लुम्बिनी प्रदेशमा हुने गरेकोछ । लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको ६ महिनामा ९ सय ७० मुद्दा दर्ता भएका छन् । त्यस्तै, बाँकेमा ८ सय ७०, दाङ्गमा ५ सय ६८, बर्दियामा ३ सय ९४, कपिलवस्तुमा ३ सय ६३, नवलपरासीमा ३ सय ३, पाल्पामा १ सय ४१, प्युठानमा १ सय २३, रोल्पामा १ सय ७, गुल्मीमा ९५, अर्घाखाँची ८९ र रुकुममा ३३ मुद्दा दर्ता भएका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा मुद्दा दर्ताको संख्या उल्लेखनीय रूपमा परिवर्तन भएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै मुद्दा रूपन्देहीमा दर्ता भएको छ भने सबैभन्दा कम रुकुम पश्चिममा दर्ता भएको देखिन्छ ।

रूपन्देहीमा तीनै वर्षमा सबैभन्दा बढी मुद्दा दर्ता भएका छन् । २०७९÷८० मा १ हजार ५ सय ९५ मुद्दा दर्ता भए भने २०८०÷८१ मा यो संख्या १ हजार ८ सय ५७ पुग्यो । २०८०÷८१ मा भने मुद्दा संख्या केही घटेर १ हजार ७ सय ७ मा सीमित रह्यो ।

त्यस्तै बाँके र दाङ जिल्लाहरू दोस्रो र तेस्रो स्थानमा रहेका छन् । बाँकेमा गत तीन आर्थिक बर्षमा क्रमशः १ हजार ४ सय ७९, १ हजार ५ सय ८७ र १ हजार ४ सय ८६, दाङ्गमा १ हजार २ सय १, १ हजार २ सय ७६ र १ हजार १ सय ८१ मुद्दा दर्ता भएका छन् ।

रुकुम, अर्घाखाँची, रोल्पा र प्यूठानजस्ता पहाडी जिल्लाहरूमा तुलनात्मक रूपमा कम मुद्दा दर्ता भएका छन् । रुकुम पश्चिममा २०७९÷८० मा ६७, २०८०÷८१ मा ७३ र २०८१÷८२ मा ७५ मुद्दा मात्र दर्ता भएका छन् ।

आत्महत्या र ज्यान सम्बन्धी मुद्दा उच्च

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको पछिल्लो ६ महिनामा आत्महत्या र हत्या सम्बन्धी अपराधिक घटना उच्च रहेको छ । प्रदेशमा हत्याका ७ सय १३, आत्महत्याका ६ सय ५९, सामाजिक अपराधका ६ सय १५, संगठित तथा आर्थिक अपराधका ५ सय ७४, चोरीका ३ सय १०, महिला तथा बालबालिका सम्बन्धी २ सय ७७ मुद्दा दर्ता भएका छन् ।

गत तीन वर्षको आपराधिक गतिविधिको तथ्यांक अनुसार पनि आत्महत्या र हत्या सम्बन्धी अपराधिक घटना उच्च रहेको छ । लुम्बिनी प्रदेशअन्तर्गतका १२ जिल्लामा सामाजिक अपराध उच्च दरमा दर्ता भइरहेका छन् भने आर्थिक अपराधका घटनामा एक वर्षमै उल्लेख्य वृद्धि देखिएको छ ।

प्रहरीको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९÷८० देखि २०८१÷८२ सम्म सामाजिक अपराध, आत्महत्या, ज्यानसम्बन्धी, महिला तथा बालबालिका सम्बन्धी, चोरी, सवारी र संगठित अपराधसमेतका हजारौँ मुद्दा दर्ता भएका छन् ।

पछिल्लो समय मानसिक स्वास्थ्यको विषयलाई प्रदेश सरकारले महत्व दिंदै आगडि बढाएपनि त्यस्ता घटनामा कमी आउन नसकेको प्रहरीको तथ्यांकले देखाएको छ । लुम्बिनी प्रदेशमा २०७९÷८० मा आत्महत्याका घटना १ हजार ३ सय ६, २०८०÷८१ मा १ हजार ३ सय २१ र २०८१÷८२ मा १ हजार ३ सय २६ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै, ज्यानसम्बन्धी अपराधमा पनि बर्सेनि वृद्धि हुँदै गएको देखिएको छ । आर्थिक बर्ष २०७९÷८० मा १ हजार ३ सय ९, २०८०÷८१ मा १ हजार ३ सय ९० र २०८१÷८२ मा १ हजार ४ सय १४ मुद्दा दर्ता भएका छन् ।

लुम्बिनीमा सामाजिक अपराधका मुद्दा आर्थिक बर्ष २०७९÷८० मा १ हजार १ सय ८९, २०८०÷८१ मा १ हजार ९० र ०८१÷०८२ मा १ हजार ८ दर्ता भएका छन् । त्यस्तै, महिला तथा बालबालिका सम्बन्धी मुद्दा उक्त आ.व.हरूमा क्रमशः ६ सय ७५, ७ सय २९ र ६ सय १४ रहेका छन् ।

पछिल्लो आ.व. २०८१÷०८२ मा संगठित तथा आर्थिक अपराधका घटना लुम्बिनीमा ह्वात्तै वृद्धि भएको छ । आर्थिक बर्ष २०७९÷८० मा ६ सय ७३ मुद्दा दर्ता भएका आर्थिक अपराध २०८०÷८१ मा ७ सय ४८ पुगेका थिए भने २०८१÷८२ मा १ हजार २१ मा पुगेका छन् ।

चोरीसँग सम्बन्धित मुद्दा पनि स्थिर देखिएको छ २०७९÷०८० मा ५ सय ७, २०८०÷८१ मा ५ सय ९९ र २०८१÷८२ मा ५ सय २४ मुद्दा दर्ता भएका छन् । सवारीसम्बन्धी मुद्दा पनि झण्डै उस्तै छन्, तीन वर्षमा क्रमशः ४ सय ७४, ४ सय ९४ र ५ सय ४४ रहेका छन् ।

Previous Post

मगर संघमा भुपेन्द्रको नेतृत्व

Next Post

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

Next Post
बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version