आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन बाँके जिल्लामा उम्मेदवारहरूको वित्तीय गतिविधिमाथि अनुगमन तीव्र पारिएको छ ।निर्वाचन आचार संहिता जिल्ला अनुगमन समिति बाँकेले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार, शुक्रवारसम्म जिल्लाका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ८ जना उम्मेदवारले निर्वाचन खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याएको पाइएको छ । ‘बाँकीलाई ताकेता गरेका छौं,’ अनुगमन अधिकृत समेत रहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘ यसरी अटेरी गर्नु राम्रो होइन ।’निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले व्यक्तिगत तथा अन्य खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि अलग बैंक खाता प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन भए÷नभएको विषयमा अनुगमन गरेको जनाएको छ ।शुक्रवार निर्वाचन आयोगमा उम्मेदवारको नाम, सम्बन्धित दल, निर्वाचन क्षेत्र र बैंक तथा शाखाको विवरण उल्लेख गरि अनुगमन प्रतिवेदन पठाइएको सहायक प्रजिअ खत्रीले पुष्टि गरे ।‘पारदर्शिता कायम गर्न र निर्वाचन खर्चको सही लेखाजोखा राख्न यस्तो अनुगमन नियमित रूपमा जारी रहनेछ,’ निर्वाचन आचार संिहता अनुगमन अधिकृत खत्रीले भने, ‘निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सबै उम्मेदवारले तोकिएको नियमअनुसार छुट्टै खाता प्रयोग गर्नुपर्छ ।’यसले निर्वाचन खर्च नियन्त्रण, कालोधन प्रयोग न्यूनीकरण तथा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘मैले निर्वाचन अवधीभरका लागि छुट्टै खाता खोलिसकेको छु,’ बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र विष्टले दैनिक नेपालगन्जसँग भने, ‘सु–शासननै मेरो प्राथमिकता भएकाले आचारसंहिता पालना मेरो अनिवार्य शर्त हो ।’
आठ जनाको छुट्टै खाता, अरुले गरे अटेरी
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
पत्रकार ठाकुरसिंह थारुको संसदयात्रा तय
by
Dainik Nepalgunj
March 8, 2026
नारी दिवस मनाइयो
by
Dainik Nepalgunj
March 8, 2026
महिला दिवसको अवसरमा स्वास्थ्य शिविर
by
Dainik Nepalgunj
March 8, 2026
पुराना दलका पदाधिकारी को–को भए पराजित !
by
Dainik Nepalgunj
March 8, 2026
बाँके : सात देखि ३२ हजार बढी मत पाउने उम्मेदवार
by
Dainik Nepalgunj
March 8, 2026