प्रहरीले बाँकेको खजुरा गाउँपालिकाबाट दुई जनालाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
खजुरा गाउँपालिका–२ रिमझिम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको होछ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ डेरा गरी बस्ने २४ वर्षीय सिमन विक र ३८ वर्षीय दल सिह थापा रहेका छन् ।
प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सिमनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।






























