यस्तो छ, सुमन मल्लको चुनावी अभियान

नेकपा एमालेले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार सुमन मल्लसहित नेता कार्यकर्ताहरु चुनावी अभियान सफलतापूर्वक घरदैलो, भेला, भेटघाट गरिरहेका छन् । एमालेले निर्वाचन क्षेत्रभित्रका २४ वडामध्ये अधिकांश वडामा उम्मेदवार मल्लसहित कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै अभियान सञ्चालन गरेको जनाएको छ ।

त्यसक्रममा ठुलो समूहका युवाहरुले उम्मेदवार मल्ललाई आफ्नो समर्थन दिएको निर्वाचन परिचालन समितिका संयोजक रत्न खत्रीको भनाइ छ । उनका अनुसार पहिलो चरणमा पार्टी संगठन सुदृढीकरण र कार्यकर्ता परिचालन केन्द्रित कार्यक्रम र अब घरदैलो मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरिएको हो ।

एमालेका उम्मेदवार सुमन मल्लले घरदैलो, टोलस्तरीय मतदाता भेटघाट तथा जनसंवाद कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताए ।
एमालेले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान पनि सञ्चालन गरेको जनाउको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टी संगठनलाई परिचालन गर्दै जनसमर्थन विस्तार गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

अभियान अन्तर्गत क्षेत्रभित्र रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आ–आफ्नो टोलबस्ती र मतदाताको घरघरमा केन्द्रित भएर काम गर्ने जिम्मेवारी तोकिएको छ । टोलस्तरमा स–साना समूह बनाएर घरदैलो, मतदाता भेटघाट तथा टोलसभा कार्यक्रम सञ्चालन गरिएको छ ।

Exit mobile version