मतदातका बेला रोकिंदै सवारी रोकिंदै

प्रतिनिधिसभा निर्वाचन आगामी बिहीबार हुँदैछ । निर्वाचन सुरक्षा मध्यनजर जिल्लामा अघिल्लो दिन मध्यराती देखि सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङ्गले निर्वाचनको अघिल्लो दिन बुधबार राती १२ बजेदेखि बिहीबार मतदान सम्पन्न नहुँदासम्मका लागि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचना जारी गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ्गले अत्यावश्यक सेवाका सवारीसाधनहरू एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका साधन, विद्युत मर्मत, खानेपानी तथा ढल मर्मत,
दुरसञ्चार सेवा मर्मतका लागि प्रयोगहुने साधन तथा कुटनीतिक
नियोगका सवारीसाधन र निर्वाचनको दिन प्रयोग गर्ने पास लिएका
सवारीसाधन भने सञ्चालन रहने सूचित गरेका छन् ।

Exit mobile version