For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सात वर्षीय बालकले राखे कीर्तिमान

byDainik Nepalgunj
April 27, 2026
in News, मुख्य समाचार
0 0
0
सात वर्षीय बालकले राखे कीर्तिमान
Share on FacebookShare on Twitter

‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगबीर सिंहले चरितार्थ गरिदिएका छन् ।

विश्वकै चुनौतीपूर्ण र सुन्दर पदमार्गमध्येको एक मानिने अन्नपूर्ण सर्किटअन्तर्गत पाँच हजार ४१६ मिटर उचाइको थोरङ्लापास सफलतापूर्वक पार गर्दै उनले विश्वकै सबैभन्दा कान्छो पदयात्रीको कीर्तिमान कायम राखेका हुन् ।

भारतको पञ्जाबस्थित रोपडका तेगबीरले सात वर्ष छ महिनाको उमेरमा यो ऐतिहासिक उपलब्धि हासिल गरे । यसअघि यो कीर्तिमान दुबईका इभान क्रुस्कोभका नाममा थियो, जसले सात वर्ष १० महिनाको उमेरमा यो उचाइ पार गरेका थिए । 

आफ्नो बुबाका साथ अप्रिल ११ मा सुरु भएको तेगबीरको यात्रा अप्रिल १८ को बिहान ९ः२५ बजे थोरङ्ला पासको चुचुरोमा पुगेर टुङ्गियो । करिब २३० किलोमिटर लामो यो पदयात्रा सहज थिएन ।  माइनस १३ डिग्री सेल्सियससम्मको कठ्याङ्ग्रिदो चिसो, अपर्याप्त अक्सिजन र चुनौतीपूर्ण भौगोलिक अवस्थालाई उनको इच्छाशक्ति र साहसले सजिलै छिचोल्न सफल भयो । 

यति सानो उमेरका तेगबीरलाई न त हाइअल्टिच्युड (लेक लाग्ने) समस्या भयो, न त उनी कतै थाके । पदयात्रा सकेर पोखरा फर्किएका उनी लेकसाइडको एक होटलमा भेटिँदा निकै प्रफुल्ल मुद्रामा देखिए । टेबुलमा बसेर कागजको जहाज बनाउँदै खेलिरहेका उनी आफ्नो उचाइप्रतिको मोहलाई निर्दोष ढङ्गले व्यक्त गरिरहेका थिए । “मलाई नेपालमा यात्रा गर्दा निकै रमाइलो लाग्यो, मलाई हिमाल पहाड निकै मन पर्छ,” उनले उत्साहित हुँदै भने, “मलाई यहाँको दालभात र गार्लिक सुप धेरै मनप¥यो ।” यो यात्राले मेरो आत्मविश्वास अझ बढाएको छ, तेगबीरले आफ्नो अनुभव सुनाए ।

पदयात्राका ‘ट्रेकिङ गाइड’ दलबहादुर गुरुङ (दुले) ले यात्राका क्रममा बालक तेगबीरको जिज्ञासु स्वभाव र थकान महसुस नगरी निरन्तर हिँडिरहने क्षमताको खुलेर प्रशंसा गर्नुभयो । “मेरो दशक लामो ट्रेकिङ अनुभवमा तेगबीर जस्तो सानो उमेरको बालकलाई पहिलोपटक गाइड गर्दै थिएँ । सुरुमा यति सानो बालक कसरी हिँड्ला भन्ने लागेको थियो तर यात्रा सुरु भएपछि ऊ निकै साहसी, जिज्ञासु र रमाइलो स्वभावको देखियो,” गुरुङले भन्नुभयो । 

उहाँका अनुसार, यात्राभर तेगबीरले देखेको प्रत्येक पहाड र हिमालतर्फ औँल्याउँदै त्यहाँ पुग्न कति दिन लाग्छ ? त्यो ठाउँ कस्तो छ ? भनेर जिज्ञासा राख्ने गर्दथे ।  थकाइ लाग्यो कि भनेर सोध्दा ऊर्जाका साथ लागेको छैन भन्दै जवाफ दिन्थे । गुरुङले उनमा देखिएको उत्साह, सहनशीलता, प्रकृतिप्रतिको प्रेम र अनुशासन आफूलाई अत्यन्त मन परेको बताउनुभयो । 

यात्रामा सँगै रहेका भरिया यम गुरुङले पनि तेगबीरको चञ्चल स्वभाव, प्रकृतिप्रेम र निरन्तर हिँड्न सक्ने क्षमताको प्रशंसा गर्दै भन्नुभयो । “उसको ऊर्जा र सकारात्मक सोचले यात्रालाई अझ सहज र रमाइलो बनायो । हामीलाई सात वर्षको बालकसँग यात्रा गरेका छौँ भन्ने आभास उसले दिएनन्, कत्ति थाकेनन्, रमाइलो कुराकानी गर्दै अघि बढ्यौँ ।” 

उनका बुबा सुखिन्दरदिप सिंहका अनुसार छोराको यो सफलताको पछाडि कडा अनुशासन, नियमित शारीरिक व्यायाम र सन्तुलित आहारको ठूलो भूमिका छ । सुखिन्दर दिप हाल मेडिकल एडमिनिस्ट्रेटिभ क्षेत्रमा कार्यरत हुनुहुन्छ भने आमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहनुभएको छ । 

तेगबीरको यो पहिलो साहसिक यात्रा भने होइन । यसअघि नै उनले अफ्रिकाको माउन्ट किलिमन्जारो र युरोपको माउन्ट एल्ब्रसको सफल आरोहण गरिसकेका छन् । सानै उमेरदेखि विश्वका चर्चित हिमाली गन्तव्यहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएका उनले सन् २०२४ मा पाँच वर्षको उमेरमा उनले करिब १० दिनको ट्रेक पूरा गर्दै पाँच हजार ३६४ मिटर उचाइमा रहेको ‘एभरेष्ट बेस क्याम्प’ पुगेका थिए । 

सोही वर्ष उनले अफ्रिकाको सबैभन्दा अग्लो शिखर ‘माउन्ट किलिमन्जारो’ पनि आरोहण गर्दै एसियाकै कान्छो आरोहीमध्ये एक बन्न सफल भए ।  त्यसपछि छ वर्ष सात महिनाको उमेरमा उनले युरोपको ‘माउन्ट एल्ब्रस’ चढे भने सात वर्ष छ महिनामा नेपालकै चर्चित अन्नपूर्ण राउन्डअन्तर्गत पर्ने पाँच हजार ४१६ मिटर उचाइको थोरङलापास पार गर्दै संसारकै सबैभन्दा कान्छोमध्ये एकको कीर्तिमान कायम गरे ।  

सन् २०१८ सेप्टेम्बर २४ मा जन्मिएका तेगबीरले सानो उमेरमै अन्तरराष्ट्रिय स्तरको उदीयमान पर्वतारोही, पदयात्रीका रूपमा स्थापित गर्न सफल भए । “हामीले उसलाई कहिल्यै रेकर्डका लागि दबाब दिएनौँ,” पिता सिंह भन्नुहुन्छ “केही कुरा रेकर्डभन्दा पहिला आफ्नो रुचि र आत्मविश्वाससँग जोडिन्छ । उसले आफ्नो रुचिलाई साहस र सफलतामा बदल्यो, यसैमा हामी खुसी छौँ,” उहाँ भन्नुहुन्छ, “आत्मविश्वास भए असम्भव भन्ने केही रहेनछ भन्ने पुष्टि तेगबीरले गरेको छ ।”

नेपालको प्राकृतिक सुन्दरता र यहाँको आतिथ्यताले पनि निकै प्रभावित पारेको उहाँको भनाइ छ । “नेपाल थोरै खर्चमा अद्भुत आनन्द लिन सकिने ठाउँ रहेछ,” तेगबीरका बुबाले अनुभव सुनाउनुभयो । “समुद्र सतहदेखि विश्वको अग्लो हिमालसम्मको दृश्यलाई छोटो समयमै कैद गर्न सकिने सुन्दरता विश्वमा सायदै पाइन्छ ।” उहाँले यात्राका क्रममा  नेपालीको सहयोगी भावनाको पनि खुलेर प्रशंसा गर्नुभयो, “मेरो छोराले निकै ढिलो खाना खान्छ तर होटलका मानिसहरूले पटक–पटक खाना तताएर मुस्कुराउँदै ल्याएर दिन्थे । हामीले तिरेको पैसाभन्दा उनीहरूको सेवा र व्यवहार धेरै माथि पायौँ ।”

कक्षा ३ मा अध्ययनरत तेगबीरको हिमाल पदयात्रामा देखाएको उत्साह र क्षमता हेर्दा भविष्यमा अझ ठूला साहसिक यात्रातर्फ अघि बढ्ने बुबा बताउनुहुन्छ । नेपालमा नेपाल सरकारले १६ वर्षमुनिका बालबालिकालाई पर्वतारोहण अनुमति नदिने व्यवस्था भएका कारण उसले १६ वर्ष नपुग्दासम्म सगरमाथा जस्ता हिमाल मात्र होइन, कुनै पनि शिखर आरोहण गर्नबाट उनी वञ्चित हुने भन्दै अरू देशमा विकल्प खोज्न बाध्य बनाएको बताउनुभयो ।

उमेर सीमामा केही लचकता अपनाउनुपर्ने सुझाव उहाँको छ ।  “यदि कुनै बालबालिकासँग राम्रो ट्र्याक रेकर्ड र अनुभव छ भने अभिभावकको जिम्मेवारीमा जोखिम स्वीकृतिसहित आरोहण अनुमति दिनुपर्छ,” सिंहले भन्नुभयो, “कम्तीमा छ हजार मिटरसम्मका गैरप्राविधिक हिमालहरूमा यस्तो व्यवस्था लागू भए, बालबालिकाले सानै उमेरदेखि आफ्नो सपना पछ्याउने अवसर पाउने थिए ।” 

तेगबीरको यो साहासिक यात्रालाई ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य प्रशंसनीय रहेको बताउनुहुन्छ । “उनको यो यात्रासँगै  नेपाल सुरक्षित र व्यवस्थित साहसिक गन्तव्य हो भन्ने एउटा सन्देश पनि दिएको छ,” आचार्यले भन्नुभयो, “एउटा सात वर्षको बालकले अन्नपूर्ण सर्किट पार गर्नुले हाम्रो पदमार्गको गुणस्तर र सुरक्षालाई पनि पुष्टि गर्छ ।” अन्नपूर्ण सर्किटले नेपाललाई अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाउँदै यी पदयात्राहरुमा पर्यटकले प्रकृति मात्र होइन, संस्कृति र आतिथ्यता पनि अनुभव गर्ने उहाँको भनाइ छ ।  

त्यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यो कीर्तिमानले विश्व पर्यटन मानचित्रमा नेपालको विशिष्ट पहिचान थपेको बताउनुभयो । “हरियाली जङ्गलदेखि हिमाली मरुभूमिसम्मको यात्रा गराइने अन्नपूर्ण सर्किट केवल पदमार्ग मात्र नभई सांस्कृतिक र प्राकृतिक सङ्गम पनि हो,  सानो बालकको साहसिक यात्राले यो सुरक्षित र साहसिक गन्तव्यका रुपमा थप परिचित हुनेछ,” लामिछानेले भन्नुभयो । उहाँका अनुसार तेगबीरको यो यात्रा केवल एउटा बालकको सफलता मात्र नभई नेपालका हिमालहरूको सम्भावना र विश्वव्यापी आकर्षणको नयाँ मानक पनि हो । 

–––

Previous Post

तिव्र गतिले लिंदैछ ज्यान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सात वर्षीय बालकले राखे कीर्तिमान

सात वर्षीय बालकले राखे कीर्तिमान

April 27, 2026
तिव्र गतिले लिंदैछ ज्यान

तिव्र गतिले लिंदैछ ज्यान

April 27, 2026
नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

April 27, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरानका विदेशमन्त्री अराघची आइतबार पुनः इस्लामावादमा

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version