भेरी अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएपछि उत्पन्न विवादले स्वास्थ्य सेवाको सम्वेदनशीलता, अस्पताल–बिरामी सम्बन्ध र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
सोमवार उत्पन्न तनाव बढ्दै मंगलवार झनै उग्र रुप लिएपछि सुरक्षा व्यवस्थामा बेवास्ता देखिंदा असुरक्षित चिकित्सकले सेवा प्रवाहसमेत गर्न सकेनन् । सयौं विरामी यो अराजकतामा प्रभावित बनेका छन् ।
अस्पताल प्रशासनद्वारा मंगलवार जारी प्रेस नोटका आधारमा यो घटना केवल एक मृत्युमा सीमित नभई उपचार प्रक्रियामाथि अविश्वास, सञ्चार अभाव र स्वास्थ्यकर्मीमाथि आक्रमणसम्म पुगेको देखिएको छ ।
अस्पतालले प्रेस नोटिसमार्फत घटनाबारे औपचारिक धारणा बाहिर ल्याएको छ । अस्पताल प्रशासनका अनुसार, बाँकेको बैजनाथ गाउँपालिका–६ निवासी एक महिला २०८३ वैशाख ६ गते पेट तथा छातीसम्बन्धी समस्यासहित भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनी पेरिटोनाइटिस, ज्थउयतजथचयष्मष्कm, ज्थउभचतभलकष्यल र त्थउभ द्द म्ष्बदभतभक ःभििष्तगक जस्ता जटिल रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।
उपचारका क्रममा मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएकाले उनलाई निरन्तर निगरानीमा राखी आवश्यक परीक्षण—इसीजी, इको तथा कार्डियाक इन्जाइम—बारम्बार गरिएको थियो । अस्पतालले बहुविषयगत सहकार्य (ःगतिष्मष्कअष्उष्लिबचथ ब्उउचयबअज) अन्तर्गत ग्यास्ट्रोएन्टेरोलोजिस्ट र अन्य विशेषज्ञहरूको परामर्शमा उपचार अघि बढाएको जनाएको छ ।
यद्यपि, रोगको स्पष्ट निदान नहुँदा बिरामीलाई थप उपचारका लागि वैशाख ११ गते अन्यत्र रिफर गरिएको थियो । केही सुधार देखिएपछि अस्पतालमै उपचार जारी राखिएको भए पनि वैशाख १३ गते अचानक अवस्था बिग्रिएर बिरामीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
घटनापछि सोही दिन अस्पताल प्रशासन र मृतकका परिवारबीच विस्तृत छलफल भएको थियो । अस्पतालका अनुसार, उपचारका क्रममा गरिएका सम्पूर्ण प्रयास र अवस्थाबारे जानकारी गराइएको थियो । वैशाख १४ गते पुनः अस्पताल प्रमुख, विभागीय प्रमुखहरू, स्थानीय जनप्रतिनिधि तथा संघीय सांसदको उपस्थितिमा छलफल भएको थियो ।
अस्पतालले उपचार प्रक्रियामा लापरबाही नभएको दाबी गर्दै, यदि कुनै त्रुटि भएको ठानिएमा सम्बन्धित निकायमार्फत अनुसन्धान गर्न सकिने र बिरामी पक्ष स्वतन्त्र रहेको उल्लेख गरेको छ ।
स्वास्थ्यकर्मीमाथि आक्रमण
तर, घटनाले अप्रत्याशित मोड लियो । मंगलवार बिहान करिब १०ः३० बजे मृतकका आफन्त र केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, ज्यान मार्ने धम्की र हातपातको प्रयास गरेको अस्पतालले जनाएको छ ।
यसैगरी, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि पनि शारीरिक आक्रमणको धम्की दिइएको थियो । उक्त घटनाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको अस्पतालले बताएको छ ।
अस्पताल प्रशासनले घटनामा संलग्न व्यक्तिहरूमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । यस्ता घटनाले अस्पतालको नियमित सेवा प्रभावित हुन सक्ने र स्वास्थ्य प्रणालीमै असुरक्षा बढ्ने चिन्ता व्यक्त गरिएको छ ।
‘यो घटनाले नेपालमा स्वास्थ्य सेवा प्रणालीको एउटा गम्भीर यथार्थ उजागर गर्छ’, अस्पताल विकास समितिमा रहिसकेका एक जना नागरिक अगुवाले दैनिक नेपालगन्जसँग जटिल रोग, सीमित स्रोत, चिकित्सकीय अनिश्चितता र बिरामी पक्षको अपेक्षाबीचको टकरावले जोखिम उत्पन्न गरेको सुनाउँदै भने, ‘उपचार सफल नहुँदा उत्पन्न हुने आक्रोश, पारदर्शिता र सञ्चारको कमी तथा स्वास्थ्य संस्थाको सुरक्षा कमजोर हुनु यस घटनाका प्रमुख आयामका रूपमा देखिएका छन् ।’
अस्पतालले मंगलवार सार्वजनिक अपिल गर्दै भनेको छ, नियन्त्रण बाहिरका घटनालाई अतिरञ्जित नगर्न, चिकित्सक–बिरामी सम्बन्धमा आँच नपु¥याउन र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।






























