बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताकाे दाेस्राे दिनकाे खेल स्थगित भएकाे छ । जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बिच भएकाे खेल वर्षाका कारण स्थगित भएकाे हाे ।
खेल संचालन भएकाे ३७ मिनेटमा वर्षाका कारण खेल स्थगित गर्नुपरेकाे आयाेजकले जनाएकाे छ । पहिलाे हाफमा १ गाेल गर्दै नाइजेरियाकाे टिमले खेलमा अग्रता लिएकाे थियाे ।
उक्त खेल भाेली बिहान ८ बजे पुन: संचालन हुने प्रतियोगिता संयाेजक कर्ण बहादुर बस्नेतले जानकारी दिए ।
यहि बैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्ज मा जङ्गल सफारी गराइनेछ । साथै स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत उपलब्ध गराइने योजना रहेको छ ।





























