अवधी समुदायमा आज बरसाइत पूजा

वट सावित्री पर्व मनाइँदै मलङ्गवा समाचारदाता मलङ्गवा (सर्लाही), २ जेठ । सर्लाहीकाे मलङ्गवा-९ जनसागर पोखरीस्थित बरको रुखमा पूजाआराधनाका साथ पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै शनिबार व

पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र सांस्कृतिक हर्षोल्लासका साथ बरसाइत पूजा गरेका छन् । ज्येष्ठ कृष्ण औँसी बटसावित्री (वरसाइत) पर्व विशेषगरी विवाहित महिलाले आफ्नो श्रीमान्को दीर्घायु, सुखसमृद्धि र पारिवारिक शान्तिको कामना गर्दै मनाउने परम्परा छ ।

बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा तथा आसपासमा बसोबास गर्ने अवधी बस्तीमा आज बिहानैदेखि महिलाहरू नयाँ पहिरन, चुरा, पोते र सिन्दूरमा सजिएर शिवपार्वतीको आराधना गरी यो पूजा मनाइरहेका छन् । घरघरमा परम्परागत पकवान तयार पारिनाका साथै मन्दिर तथा चौतारामा सामूहिक पूजा गरी बटसावित्री मनाइएको महिला अगुवा रमारानी वैश्यले बताउनुभयो । उहाँका अनुसार पूजाका क्रममा महिलाहरूले अवधी भाषाका लोकगीत गाएर सामूहिक कथा वाचन, भजन–कीर्तन गरेका छन् । 

स्थानीय अगुवा कृष्णा पाण्डेयले बरसाइत पूजा अवधी संस्कृतिको महत्वपूर्ण पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पूजा केवल धार्मिक आस्था मात्र होइन, परिवार र समाजलाई जोड्ने परम्परा पनि हो । पहिले गाउँभरिका महिलाहरू एकै ठाउँमा भेला भएर दिनभरि पूजा गर्दै गीत गाउथे, अहिले पनि त्यो संस्कृति जोगिएको देख्दा खुसी लाग्छ ।”

अवधी संस्कृतिका अगुवा विष्णुलाल कुमालका अनुसार बरसाइत पूजा हिन्दू धार्मिक विश्वाससँग जोडिएको छ । यसले सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने उहाँले बताउनुभयो । 

पूजापछि महिलाहरूले परिवारका ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने तथा आफन्तबीच प्रसाद बाँड्ने परम्परा छ । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्व सामूहिक रूपमा मनाइने भएकाले सामाजिक एकता मजबुत हुने विश्वास गरिएको छ ।
Exit mobile version