For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle Health

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

byDainik Nepalgunj
February 12, 2024
in Health, मुख्य समाचार
0 0
0
स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा
Share on FacebookShare on Twitter

शरद् शर्मा

मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ । त्यही दाँत बाङ्गोटिङ्गो, मुख बाहिर निस्केको भयो भने मानिसको सुन्दरतामा पनि कमी आउँछ । हो, त्यही दाँत बनाउने र उपचारका लागि अहिले मानिसहरुले धेरै नै खर्च गर्ने गरेका छन् । अधिकांश व्यक्तिमा दाँतसम्बन्धी कुनै न कुनै समस्या हुने गरेको पाइएको छ । दाँतको हेरचाह राम्रोसँग नगर्दा समस्या हुने गरेको चिकित्सकले बताएका छन् । गुलियो, टाँसिने खानेकुरा जस्तै चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा धेरै जसोको दाँतमा किरा लाग्ने गरेको छ । बच्चा पनि धेरै गुलियो खानेकुरा खाँदा र दाँत नमाँझ्ने किराले खाने गरेको छ ।

वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा डा शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिसहरु दाँतको उपचारमा आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार तीमध्ये ७५ प्रतिशत दाँतका किरा लागेका बिरामी हुने गर्दछन् । “पहिले दाँतमा किरा लागेपछि फाल्ने गर्दथे भने अहिले धेरै जसो दाँत बचाउनका लागि आउने गरेका छन्” उहाँले भन्नुभयो, “दैनिक दाँतका बिरामी बढिरहेकाले थेग्न सक्ने अवस्था छैन ।” अस्पतामला दन्त विभागअन्तर्गत दाँत भर्ने, सफा गर्ने, गिजा रोग, दाँत फाल्ने र शल्यक्रिया गरि पाँच शाखा रहेका छन् । ती शाखामा दैनिक सय जना नयाँ दाँतका बिरामी आउने गर्दछन् । तीमध्ये दैनिक ५० जना बिरामीको दाँत भर्ने गरेको विभागका प्रमुख डा. प्रधानले बताउनुभयो । उहाँले दाँतमा किरा लाग्नुबाहेक मानिसहरु दाँत राम्रो देखाउनका लागि पनि अस्पतालमा आउने गरेको बताउनुभयो ।

उहाँका अनुसार बाङ्गोटिङ्गो दाँत मिलाउनका लागि मानिसहरु धेरै आउने गर्दछन । बच्चा तथा युवाको विग्रेको बाङ्गो दाँतलाई स्टिलको तारले बाँधेर दुई वर्षभित्र मिलाउन सकिने उहाँको भनाइ रहेको छ । दाँतको उपचार छ/छ महिना गर्नुपर्ने सुझाव चिकित्सकले दिनुहुन्छ । किराले खान थालेको कसरी थाहा पाउने ? हाम्रो मुखमा सात सय प्रकारका सुक्ष्म जीवाणु रहेका हुन्छन् । खानेकुरा खाएर दाँत सफा गरेन, मुख स्वस्थ्य राखेन भने जीवााणुले खानासँग रियाक्सन प्रतिक्रियां गरेर एसिड निकाल्ने गर्दछ । त्यही एसिडले दाँत विस्तारै खाने गर्दछ । एसिडले विस्तारै दाँतको बाहिरको सेतो भाग (इनामेल) खाने गर्दछ । विस्तारै जीवाणुले इनामेलको भित्र रहेको डेन्टिङ (कम कडा भएको) पल्प (दाँतको नशा) सम्म पुग्यो भने दाँत दुख्ने गर्दछ ।

दाँत सुरुमा किराले खाएको थाहा पाउनका लागि गुलियो पदार्थ खादा दाँत सिरिङसरिङ गर्ने गर्दछ । अनि किराले अलि भित्र खाएको छ भने चिसो पानी खाँदा दाँत सिरिङ हुन्छ । अलि बढी नै दाँत किराले खान थाल्यो भने तातोपानी खाँदा दाँत सिरिङ हुने गर्दछ । तातो खादा दाँत सिरिङ गर्न थाल्यो भने दाँत धेरै नै दुख्न थालेको हुने विभागका प्रमुख डा. प्रधानले बताउनुहुन्छ । त्यसपछि दाँतको जरादेखि नै उपचार आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) गर्नुपर्दछ । मुखमा रहेका सुक्ष्म जीवाणु गिजाको वरिपरी लेउ बनाएर बस्ने गर्दछ । त्यसलाई सफा गर्न बिहान बेलुका नै राम्रोसँग दाँत माझ्ने गर्नुपर्दछ । खाना खाइसकेपछि विहान र बेलुका दुई मिनेटसम्म नरम ब्रसले कम्तिमा दुई मिनेटसम्म दाँत माझ्नुपर्दछ र हरेक पटक केही कुरा खाएपछि मुख कुल्ला गर्नुपर्ने सुझाव डा. प्रधानको रहेको छ । दाँत माझेन भने सुक्ष्म जीवाणु दाँतको वरिपरि जम्मा हुने गर्दछ । त्यही सुक्ष्म जीवाणुले गर्दा पछि दाँतमा किरा लाग्ने गर्दछ ।

वरिष्ठ दन्त चिकित्सक प्रा डा प्रधानले मानिसलाई पटक–पटक खानेकुरा नखाने पनि सुझाव दिनुहुन्छ । “पटकपटक खायो भने खाना मुखमा रहिरहन्छ । यसले गर्दा मुखमा अम्लीय भइरहन्छ र दाँत किराले खाने गर्दछ,” उहाँले भन्नुभयो, “छिनछिनमा खानेकुरा खाने मानिसमा दाँतको समस्या बढी हुने गर्दछ ।” उहाँका अनुसार चाउचाउ, चकलेट, चिजबलजस्ता गुलियो खानेकुरा दाँतको वरिपरी टाँसिएर बस्ने र तत्काल मुख सफा नगर्ने भएपछि जीब्रोमा सुक्ष्म जीवाणु हुने र त्यही जीवाणु दाँतमा बस्ने भएपछि दाँत किराले खाने गर्दछ ।

दाँत बचाउने उपाय के हुन सक्छ ?

उहाँले दाँतको उपचार अन्यभन्दा खर्चिलो र समय धेरै लाग्ने समेत बताउनुहुन्छ । नेपाल र भारतमा दाँतको सामान बाहिरबाट आउने भएकोले महङ्गो पर्ने भएकाले सर्वसाधारणले दाँतको उपचार गर्नका लागि समस्या हुने उहाँको भनाइ रहेको छ । उहाँले एक जना विरामीको सामान्य उपचार गर्दा कम्तिमा चार पाँच दिन लाग्ने र आरसिटी, दाँत बाध्नुपर्ने र नयाँ दाँत हाल्नुपर्ने भएपनि महिनौं बिरामी अस्पतालमा आउनुपर्ने बाध्यता रहेको छ । “दाँत उपचारको स्वास्थ्य बीमा पनि नगरेकाले अझै सर्वसाधारण दाँतको उपचारबाट बञ्चित रहेका छन”, उहाँले भन्नुभयो, “सर्वसाधारणलाई दाँतको उपचारमा सेवा पु¥याउनका लागि स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्दछ ।” पहिलेपहिले मानिसले दाँत किराले लागे भने फाल्ने गर्दथ्ये । तर अहिले मानिसहरुमा चेतना आएपछि दाँतको उपचार गरेर सकभर बचाउने गर्दछन् । अस्पतालका गिजा रोग विशेषज्ञ डा रञ्जिता श्रेष्ठ गोर्खालीले सकभर दाँत बचाउनुपर्ने सुझाव दिनुहुन्छ । उहाँले दाँत फाल्दा खानपिनमा फरक पर्ने भएकाले दाँत बचाउन सुझाव दिनुहुन्छ । “दाँतले राम्रोसँग खानेकुरा चपाएर खाएनौँ भने हाम्रो स्वास्थ्यमा नै असर पर्ने गर्दछ”, उहाँले भन्नुभयो, “त्यही भएर हामीले सकभर दाँत फाल्न हुँदैन ।”

अस्पतालमा आउने दाँतका बिरामीमा दाँतसँगै गिजाबाट रगत आउने पनि समस्या देखिएको छ । सुरुसुरुमा ब्रस गर्दा गिँजाबाट रगत आउने गर्दछ । त्यसको उपचार नगरेपछि पछि स्याउ, गाजर, टोक्दा रगत आउने गर्दछ । त्यसलाई पनि उपचार नगर्दा गिँजामा छोयो कि रगत आउनेजस्ता समस्या देखिने गर्दछ । गिजाको रोग २५ वर्षपछि मानिसमा देखिने गरेको छ । दाँतका बिरामीलाई मधुमेह, मुटुको रोग, बिर्सने रोग (अल्जाइमर) रोग जस्ता थप रोग लाग्ने गर्दछन् ।

दाँत किराबाट बचाउने के गर्ने ? दाँत रोग गुलियो खानेकुरा, दाँतमा टाँसिने खालका खानेकुरा चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा लाग्ने गर्दछ । यस्तै चुरोट खाने मानिसलाई दाँत किराले धेरै खाने गरेको छ । चुरोट सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई रोगसँग लड्ने क्षमता कम हुने गर्दछ र त्यस्ता मानिसको गिँजा दुख्ने तथा दाँत झर्ने समस्या हुने गरेको छ । बच्चाले दाँत नमाझ्ने धेरै किराले खाने गर्दछ । दाँत बचाउनका लागि खानेकुरा खाएपछि कुल्ला गर्ने, बिहान उठनासाथ दाँत माझ्ने गर्नुपर्दछ । खाना खाइसकेपछि दाँत माझ्दा किराले खाँदैन । बिहान खाना खाएपछि दुई तीन घण्टा केही खानु हुँदैन । राति सुत्दा अनिवार्य रुपमा दाँत माझ्नु पर्दछ । दिउँसो थुक धेरै आउने भएकाले थुकले सुक्ष्म जीवाणुलाई भित्र लैजान्छ । राति मुखबाट थुक कम आउने र त्यही थुक मुखमा रहिरहने भएकाले दाँतको वरिपरि सुक्ष्म जीवाणु फैलिने हुँदा सुत्नुअघि पनि दाँत माझ्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

हरेक तीन÷तीन महिना बु्रस फेर्नुपर्दछ । कडा नभई नरम ब्रसले दाँत माझ्नु पर्दछ । कडा ब्रसले दाँत माझ्दा दाँतको इनामेललाई असर पु¥याउने गर्दछ । एकपटकमा ठूलो केराउको दाना जति पेस्ट राखेर माझ्न सकिन्छ । दाँत माझेपछि त्यही ब्रसले जिब्रो पनि सफा गर्नुपर्छ ।

अस्पतालमा ठाउँको अभाव

वीर अस्पतालमा दाँतको उपचार गुणस्तरीय र राम्रो भएकाले उपचारका लागि बिरामीलाई पालो पाउन नै समस्या हुने गरेको छ । थोरै जनशक्ति र बिरामीको चापले गर्दा दाँतको उपचारका लागि पालो पाउन समस्या हुने गरेको विभागका प्रमुख डा. प्रधानले बताउनुभयो । अन्य भन्दा वीर अस्पतालमा दाँतको उपचार ५० प्रतिशत सस्तो रहेको छ । “हाम्रोमा अन्य भन्दा गुणस्तरीय र सस्तो सेवा रहेको,” उहाँले भन्नुभयो, “त्यही भएर बिरामीको भीड हुने गर्दछ र पालो पाउन समस्या हुने गरेको छ ।” अहिले दन्त विभागमा चिकित्सकलाई पनि उपचार गर्नका लागि पर्याप्त मात्रामा बस्ने ठाउँको अभाव रहेको छ । दन्त अस्पताल बनाउने पर्दछ भनेर सम्भाव्यता अध्ययन भएको तर त्यो त्यतिकै भएको अस्पतालका दन्त विभागका प्रमुख प्राडा. प्रधान बताउनुहुन्छ । अस्पतालमा अहिले सात जनाले मास्टर एण्ड डेन्टल सर्जरीस्नातकोत्तर अध्ययन गरिरहेका छन् ।

अन्तर्राष्ट्रियस्तर उपचार सेवा नेपालमै नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ । अस्पतालका गिजा रोग विशेषज्ञ डा रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताउनुभयो । उहाँका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ । उहाँले डिजिटल स्क्यान गरेर कुन आकारको दाँत बनाउने भन्ने प्रविधि पनि अस्पतालमा रहेको बताउनुभयो । “विदेशमा गरिने सवै विशेषज्ञ सेवा हामीले यही नेपालमा नै दिने गरेका छौ,” उहाँले भन्नुभयो, “दाँत उपचारका लागि कोही पनि विदेश जानु पदैन ।” उहाँका अनुसार बाङ्गोटिगो दाँत मिलाउने, मुख खोल्न नसक्नेको उपचार, ढाड नभएको ठाउँमा ढाड राखेर दाँत राख्ने, चिउडो बाहिर आउनेको मुखको आकृति मिलाउने, दाँतको टोकाई नमिलेकोलाई मिलाउने, कस्टमेटिक सर्जरी जस्ता उपचार नेपालमा नै हुने गर्दछन् ।

नेपालमा दैनिक रुपमा दाँतका बिरामी बढे पनि गुणस्तरिय उपचार अस्पतालले दिन नसकेको छैन । “नेपालमा दन्त चिकित्सकका प्रसस्त जनशक्ति रहेका छन् । तर राज्यले सर्वसाधारणलाई उपचार दिन छैन,” प्रमुख प्राडा. प्रधानले भन्नुभयो, “राज्यले सरकारी अस्पतालमा दरबन्दी बढाउनु पर्दछ । दाँतको छुट्टै अस्पताल खोलेर सर्वसाधारणलाई उपचारको पहुँच पु¥याउन आवश्यक रहेको छ ।” उहाँका अनुसार अहिले १२ वटा शिक्षण संस्थामा वार्षिक ५०० भन्दा बढी दन्त चिकित्सक र सात वटा शिक्षण सस्थाबाट स्नातकोत्तर तहबाट सयभन्दा दन्त रोग विशेषज्ञ उत्पादन भइरहेका छन् । तर सरकारले ५० भन्दा बढी मात्र दन्त चिकित्सकको दरबन्दीमा राखेको छ ।

सरकारी सेवामा पर्याप्तमात्रामा दरबन्दी नहुँदा दन्त चिकित्सक क्लिनिक सञ्चालन गरेर बसेका छन् । नेपालमा पर्याप्त जनशक्ति खपत नभएपछि ५० प्रतिशत दन्त चिकित्सक राम्रो सेवा सुविधाका लागि अमेरिका र अष्ट्रेलियामा समेत जाने गरेको उहाँको भनाइ छ । उत्पादन भए पनि दरबन्दी नभएर सरकारी अस्पतालमा दन्त चिकित्सकको अभाव रहेको प्रा डा प्रधान बताउनुहुन्छ । अस्पतालमा अहिले स्थायी र करारमा ४० जना दन्त चिकित्सकले सेवा दिइरहेका छन् । 

रासस

Previous Post

चन्द्र गुरुङ वर्ष उत्कृष्ट प्रशिक्षक घोषित

Next Post

१ सय ४९ किलो गाँजा सहित १४ जना पक्राउ

Next Post
१ सय ४९ किलो गाँजा सहित १४ जना पक्राउ

१ सय ४९ किलो गाँजा सहित १४ जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरी अस्पतालमा तनाव

April 28, 2026
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

April 27, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन अकालमा आमाहरुको मृत्यु

April 27, 2026
काठमाडौं उपत्यकाबाट बाहिरिने यी राजमार्गमा सवारीसाधन होल्ड

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version