For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle Health

तपाईंको मुटु सुरक्षित छ ?

byDainik Nepalgunj
December 27, 2023
in Health, News
0 0
0
तपाईंको मुटु सुरक्षित छ ?
Share on FacebookShare on Twitter

पछिल्लो समय मुटुका बिरामीहरूको संख्या बढ्दो छ । कुनै बेला ५० बर्ष माथिकामा मात्रै मुटु सम्बन्धी रोग लाग्न भन्ने आमधारणा थियो । तर, पछिल्ला दशक युवाहरूमा मुटुरोग देखिएको मात्रै छैन, त्यसका कारण ज्यान समेत गैरहेको छ । मुटु हाम्रो शरीरको अत्यन्तै संवेदनशील अंग हो । मुटुमा रोगको लक्षण देखिंदा समेत समयमै उपचार सुरु नगर्दा हृदयघातको जोखिम बढ्ने गरेको चिकित्सक बताउँछन् । मुटुरोगमा ढिलो गरी अस्पताल पुग्दा ज्यान जाने गरेको छ । मुटु रोगको लक्षण देखिएपनि समयमा अस्पताल नपुग्ने र सही उपचार समयमै नहुँदा ज्यान जाने जोखिम बढ्दै गएको हो ।

मुटु रोग हृदयघातसम्म पुग्नेका विभिन्न कारण चिकित्सकहरू औंल्याउँछन् । तर, त्यसको प्रमुख कारण अस्वस्थ खाना तथा जीवनशैली नै हो । पछिल्लो समय तनावका कारण हृदयघात हुने गरेको छ । मानिसहरूको आर्थिक, सामाजिक अपेक्षाहरू पूरा नहुँदा त्यसले समेत मुटुरोग निम्त्याउने गरेको चिकित्सक बताउँछन् । युवाहरूमा धुम्रपानको कुलत मुटुरोग निम्त्याउने प्रमुख कारण मध्ये एक हो भने अस्वस्थ जीवन शैलीले सुगर, प्रेसरले पनि मुटुमा हानी पुर्याइरहेको हुन्छ ।


वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले मुटु रोगबाट जोगिन सावधानी नै उत्तम विकल्प भएको बताएका छन् । दैनिक नेपालगन्जले आफ्ना सहकर्मी पत्रकार ऋषिराज गैरेको हृदयघातबाट निधन भएको ४५ औं पुण्यतिथिका सन्दर्भमा आयोजना गरेको ‘मुटु सुरक्षा कसरी ?’ विषयक स्वस्थ्य प्रशिक्षण कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नेपालले मुटु रोग लाग्न नदिन अपनाउनु पर्ने जीवनशैली, लागि सकेपछि मुटुको हेरचाह र वर्तमान समयमा जीवनशैलीले मुटुमा पारेको असरबारे प्रशिक्षण दिएका थिए ।
‘हाम्रो शरीर कोषिका–कोषिका मिलेर बनेको हुन्छ’, डा. नेपालले भने, ‘ती अंगहरू स्वतन्त्र रूपले बाँच्नका लागि रगतले इनर्जी प्रदान गर्छ ।’ ‘मुटुमा रगत लैजाने नसा, धमनीहरू हुन्छ’, उनले सहभागी पत्रकारहरूसँग भने, ‘मुटुले पम्प गरेको रगतबाट नै आफुलाई चाहिने इनर्जी लिएको हुन्छ ।’


कार्यक्रममा डा. नेपालले शरीरका प्रत्येक अंगको डिमाण्ड र सप्लाई हुने गरेको त्यो असन्तुलित हुँदा अंगहरूले कुनै न कुनै लक्षण देखाउने गरेको बताए । ‘तर, कुनै पनि अवस्थामा मुटुको धमनीमा ब्लकेज भयो, साँघुरो भयो, डिमाण्ड र सप्लाईमा मिसम्याच भयो भने त्यस्तो बेला मुटुलाई पीडा हुन्छ, मुटुलाई आवश्यकता पुग्दैन, जुन दुखाईको माध्यमबाट व्यक्त हुन्छ, जसलाई हामीले हार्टअट्याक भन्ने गर्छौ,’, उनले भने, ‘मुटुमा रगतको सञ्चार पूर्ण अवरुद्ध भयो भने त्यो चाहीँ इमरजेन्सी अवस्था हो ।’ ‘कहिलेकाही थोरै अथवा ५० प्रतिशतसम्म ब्लकेज हुँदा हामीले धेरै काम गर्दा डिमान्ड र सप्लाई मिसम्याच हुन्छ, त्यहाँ जुन पीडा हुन्छ, समस्या हुन्छ त्यो बिस्तारै हुने हार्टअट्याक हो’, उनले भने ।


डा. नेपालले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाई सरेर घाँडी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज, मुटुको धडकन छिटो चल्ने, दौडदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए । मुटुरोग लाग्ने वित्तिकै हार्ट अट्याक नहुने भन्दै डा. नेपालले मुटुरोग सम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनु पर्ने बताए । ‘लक्षण देखिने वित्तिकै उपचार सुरु गर्ने हो बिरामी बचाउन सकिन्छ, तर ढिलो गरी अस्पताल पुगेका कारण पनि बिरामीको ज्यान जाने गरेको छ’, डा. नेपालले भने ।
शरीरमा रहेका विभिन्न अंगहरूमा समस्या हुँदा कसरी थाहा पाउने ? नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले सोधेको प्रश्नमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नेपालले भने, ‘मुटु, फोक्सो, कलेजो, आन्द्राको आफ्नै किसिमको समस्या हुन्छ, कतिपय बेला लक्षण भने मिल्दो जुल्दो हुन्छ, जस्तो कहिले फोक्सो बिरामीलाई पनि सास फेर्न गाह्रो हुन्छ, मुटुको बिरामीलाई पनि सास फेर्न गाह्रो हुन्छ ।’


‘शरीरका अंगहरूको समस्याले देखाउने लक्षण फरक हुन्छ, केही लक्षण ओभरल्याप हुनसक्छ, त्यसलाई हामीले परीक्षणपछि थाहा पाउन सकिन्छ’, डा. नेपालले भने, फोक्सोको बिरामीमा थप लक्षणहरू खोकी लाग्ने, खकारमा रगत देखिने लगायतको लक्षण पनि हुन्छ, तर मुटुको बिरामीले छाती दुख्ने, दुखाई सरेको, धड्कन बढेको वा कम भएको, हिड्दा चक्कर लाग्ने, खुट्टा सुनिएको हुन्छ, मस्तिष्क सम्म बिरामीले शरीरको एक पाटोले काम नगर्ने, बेहोस हुने, छारे रोग लाग्ने, हातखुट्टा कमजोर हुने, बोली लडबडिने, किड्नीका बिरामीले पिसाब राम्रो नबन्ने लगायतका समस्या लिएर आउनुहुन्छ ।’


पत्रकार नविन गिरीले विहानीको समयमा वा बाथरुम गएका बेला लडेको तथा हर्टअट्याक भन्ने सुनिने गरेको भन्दै प्रश्न गरेपछि डा. नेपालले भने, ‘मानौं कुनै एउटा मुटुरोगीको धमनीमा ५० प्रतिशत ब्लकेज छ, विहान चिसोको बेलामा मुटुरोगी मर्निङवाक जाँदा नसा खुम्चिन्छ, चिसोमा नसा (धमनी) खुम्चिने गर्छ, पहिले नै ५०÷६० प्रतिशत ब्लकेज रहेकोमा चिसाले खुम्चिँदा पूर्ण रूपमा बन्द हुनसक्छ, र हार्टअट्याक हुनसक्छ ।’


वरिष्ठ पत्रकार निरज गौतमले युवावस्थामा अर्टअट्याक हुनको कारणबारे जिज्ञासा राखे । उच्च रक्तचाप, सुगर, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको कारण रहेको बताए । डा. नेपालले पहिले ५० बर्षमाथि उमेर समूहका लागि मात्रै हार्टअट्याक हुन्छ भन्ने मान्यता रहेपनि अहिले युवाहरूमा समेत मुटुको कमस्या देखिने गरेको बताए । ‘हार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ’, उनले भने, ‘चुरोटमा हुने हानिकारिक तत्वहरूले हर्टअट्याकको जोखिम बढाउने गरेको पाइन्छ ।’ डा. नेपालले युवा अवस्थामै प्रेसर र सुगर देखिन थालेको र त्यसले मुटुमा पनि क्षति पुर्याउने गरेको बताए ।


वरिष्ठ पत्रकार पूर्णलाल चुकेले हर्टअट्याक भइहाले के गर्ने र मुटुरोगीको हेरचाह परिवारले कसरी गर्ने भन्ने जिज्ञासा राखे । डा. नेपालले हर्ट अट्याक भैहाले तत्कालै अस्पताल पुर्याउने पर्ने बताए । उनले पहिलेदेखि मुटुको बिरामी रहेमा खाइरहेको औषधी खुवाउने, नदुख्ने औषधी खुवाउँदै अस्पताल लग्नु उचित हुने बताए । डा. नेपालले सुगर निकै खतरनाक रहेको बताए । ‘त्यसैले सुगर थाहा हुने वित्तिकै त्यसलाई कन्ट्रोल गर्नुपर्छ, सुगरले अन्य रोग समेत निम्त्याउँछ’, उनले भने ।


नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रुद्र सुवेदीले घरेलु उपचार तथा खानाको नियन्त्रण मुटुरोग नियन्त्रणमा कत्तिको प्रभावकारी हुन्छ भनेर प्रश्न गरे । डा. नेपालले स्वास्थ्य समस्या हुँदा अस्पताल पुगेर परीक्षण गराउनु र औषधी सेवन प्रभावकारी हुने धारणा राखे । उनले घरेलु उपचार उचित भएपनि त्यसअघि परीक्षण आवश्यक भएको बताए । ‘ग्यास्ट्रिकको दुखाई र मुटुरोगको दुखाई एउटै हुन्छ, परीक्षण पछि मात्रै एकिन गर्छ सकिन्छ’, उनले भने, ‘ग्यास्ट्रिक भनेर एक÷दुई बर्ष बर्ष औषधी सेवन गरेका बिरामीको परीक्षण गर्दा मुटुको समस्या पाएका छौं ।’
वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटरले सामाजिक, आर्थिक, राजनीतिक अपेक्षा पूरा नहुँदा आउने अवस्थाले हुने हर्टअट्याक मेडिकल कारणले आउने हर्टअट्याक भन्दा बढी त भैरहेको छैन भन्ने प्रश्न गरे । उनले हरेक महिनाको अन्तिम तिर अल्कोहल बढी बिक्री हुने, पहिलो साता मिडियामा लिलामको सूचना आउने र त्यसपछि हर्टअट्याक र मृत्युको दर बढी हुने गरेको देखेको भन्दै यसबारेका डा. नेपालको धारणा सोधे । डा. नेपालले पहिले हार्टअट्याकको कारणमा कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेहलाई एक, दुई नम्बरमा राख्थ्यौं भने स्टे«स भने ९÷१० नम्बरमा राख्ने गरेको बताए । ‘तर, अब हार्टअट्याकको कारणमा स्टे«स माथि चढिरहेको छ । स्टे«सले गर्दा हाम्रो शरीरमा नकारात्मक हर्मोन बढ्छन्, ती नकारात्मक हर्मोनले मुटुको गतिलाई तिव्र बनाउँछन्, स्टे«सका कारण पहिले भैरहेको समस्याहरू अझै धेरै बिग्रने देखिइरहेका छन्’, डा. नेपालले भने । ‘मुटुको गम्भीर समस्या भएका बिरामीहरूले अल्कोहल प्रयोग गर्न हामी दिंदैनौं’, उनले भने, ‘मुटुको उपचारमा सोसियल पाटोमा केही न केही त हेर्छौ, त्यस्ता कुराहरूलाई मूल्यांकन गरेर मनोरोग हेर्ने चिकित्सकका पठाउँछौं ।’


नेपाल पत्रकार महासंघ बाँकेका पूर्व उपाध्यक्षले प्रदिप वाग्लेले स्वास्थ्य परीक्षण कति समयमा गराउँदा उचित हुन्छ, रक्तदान गर्न हुन्छ, हुँदैन ? भन्ने प्रश्न गरे । डा. नेपालले पत्रकार वाग्लेको प्रश्नको जवाफ दिंदै स्वस्थ व्यक्तिले रक्तदान गर्दा फरक नपर्ने र रक्तदान गर्दैमा मुटुरोग कम हुने भन्ने अध्ययन नरहेको बताए । उनले मुटुको खासै ठूलो रोग नरहेका मुटुका सामान्य बिरामीले रक्तदान गर्न सक्ने बताए ।


आइटी इन्जिनियर अरशद कमलले सेलिब्रेटीहरू जसको जीवनशैली पूर्ण रूपमा प्लानिङ्ग गरिएको सिष्टमेटिक हुन्छ, उनीहरूलाई किन हर्टअट्याक हुन्छ भनेर प्रश्न गरे । उनले कोभिड भ्याक्सिनका कारण हर्टअट्याक बढाएको सुनिएको भन्दै त्यसबारे जिज्ञासा राखे । डा. नेपालले कोभिड भ्याक्सिनका कारण धेरैको ज्यान जोगिएको बताए । उनले कोभिडको भाइरसले रगतलाई जम्मा गर्ने (चोक्टा) बनाउने गरेको बताए । ‘कोभिडका बेला एन्जिओग्राफी गर्दा नसामा रगतको चोक्टैचोक्टा देखेका थियौं । कोभिडका बेलामा आइसीयुमा भएका बिरामीलाई रगत पातलो गर्ने औषधी दिइने गरिन्थ्यो । अहिले कोभिडको भ्याक्सिन लगाएकोमा मुटुजन्य रोगहरू बढेको भन्ने केही स्टडिजमा देखिएको छ, तर त्यो विश्वसनीय रिजल्ट भने होइन । हामीले भ्याक्सिनलाई निरुत्साहित गर्नु हुँदैन ।’


‘अर्को सेलिबे्रटीको हाइफाइ मात्रै हेरिरहेका छौं, उनीहरूको स्टे«स हामीले हेरेका हुँदैनौं’, डा. नेपालले भने । ‘सम्यक जीवन’ का रूपमा शुरु गरिएको प्रशिक्षणका क्रममा डा. नेपालले पत्रकारहरूसँग खुलेर अन्तक्र्रिया गरेका थिए । पत्रकारहरूले यसखालको कार्यक्रम विभिन्न फरक विशेषज्ञसँग निरन्तर आवश्यक रहेको औल्याए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारीले इजिसी, इको गर्दा शरीरमा नकारात्मक प्रभाव पर्छ, पर्दैन भनेर जिज्ञासा राखे । उनको प्रश्नको जवाफ दिंदै डा. नेपालले इसिजी, इको गर्दा शरीरमा नकारात्मक प्रभाव नपर्ने बताए । उनले सबै नर्मल भएर बर्षमा एक पटक सुगर, प्रेसर लगायतको जाँच गर्नु उपयुक्त हुने र कुनै समस्या भएमा रोगको प्रवृत्ति अनुसार चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउन उचित हुने डा. नेपालको सुझाव छ ।


मुटुरोगमा खानपानको सम्बन्धबारे धेरैको चासो थियो । डा. नेपालले बोसोयुक्त र रातोमासु कटौती गर्नु र माछाको झोल खानु उपयुक्त हुने बताए । उनले एउटै तेलमा पटकपटक पकाउँदा तेलमा पकाएको वस्तु हानिकारिक हुने र त्यसले मुटुमा असर गर्ने बताए । डा. नेपालले धेरै जाडोमा मुटुरोगीले मर्निङवाक गर्नु उचित नहुने सुझाए ।


दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेले जिल्लाका प्रतिनिधिमूलक पत्रकारहरूको उल्लेख्य सहभागितालाई स्वागत गर्दै कार्यक्रमको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद स्व. ऋषिराज गैरेको अल्पायुमा भएको निधनले स्तब्ध उनले सबैलाई ‘सम्यक जीवन’ बारे सचेतीकरण आवश्यक भएको औल्याए । ‘हामी यसखालका कार्यक्रमलाई निरन्तरता दिने प्रयासमा हुनेछौं,’ सम्यक मिडिया हबका कार्यकारी अध्यक्षसमेत रहेका गैरेले भने ।


बाँकेमा स्वास्थ्य पत्रकारिताको जग बसालेका स्वास्थ्यकर्मी जीवन शर्माले कार्यक्रमको सहजीकरण गर्दै डा. नेपालसँग विभिन्न प्रश्न गरेका थिए । नेपाल पत्रकार महासंघ बाँकेमा ‘स्वास्थ्य पत्रकारिता पुरस्कार’ स्थापनाका लागि कोष स्थापना गरेका शर्माले एक दशकअघि ‘स्वास्थ्य चेतना’ पत्रिकामार्फत जिल्लामा स्वास्थ्य पत्रकारितालाई स्थापित गर्न खोजेका हुन् । ‘मुटु स्वास्थ्यका बारेमा म अझै संवेदनशील छु,’ शर्माले आगामी दिनमा पनि यस खालको कार्यक्रम आवश्यक भएको धारणा राख्दै भने, ‘बिरामी भएपछि उपचार भन्दा रोग लाग्नै नदिनेतर्फको भूमिकामा मिडियाले सचेतीकरण गर्नुपर्छ ।’


होटल सिटी प्यालेसमा गरिएको कार्यक्रममा सहभागीहरूको प्रेसर तथा तौल परीक्षण पनि गरिएको थियो । आयोजकका अनुसार, त्यसको व्यवस्थापन जे शर्मा मेडिकलका दक्ष प्राविधिकले गरेका हुन् ।

Previous Post

पर्यटनमा नयाँ गन्तव्य खोज्दै नाट्टा

Next Post

नियमनमा औषधी बिक्रेता

Next Post
नियमनमा औषधी बिक्रेता

नियमनमा औषधी बिक्रेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

April 23, 2026
महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

April 23, 2026
दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

नेपाली लुट्दै अवैध मुद्रा सटही, फन्दामा कारोबारी

April 23, 2026
बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version