स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ । यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।
सुनको मूल्य दुई हजार छ सयले बढ्यो
- Dainik Nepalgunj

- Categories: News
Related Content
इरानका विदेशमन्त्री अराघची आइतबार पुनः इस्लामावादमा
by
Dainik Nepalgunj
April 27, 2026
साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान
by
Dainik Nepalgunj
April 27, 2026
उत्साहपूर्ण सहभागितामा सकियो फेष्टिबल
by
Dainik Nepalgunj
April 27, 2026
सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने
by
Dainik Nepalgunj
April 26, 2026
सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप
by
Dainik Nepalgunj
April 26, 2026