For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

६०औँ विद्यार्थी दिवस र विद्यार्थी आन्दोलनमा देखिएका समस्या

byDainik Nepalgunj
May 14, 2024
in विचार
0 0
0
६०औँ विद्यार्थी दिवस र विद्यार्थी आन्दोलनमा देखिएका समस्या
Share on FacebookShare on Twitter

शाही ‘कू’ मार्फत २०१७ साल पुस १ गते सत्ता कब्जा गरेको तत्कालीन तानाशाही महेन्द्र शाहको पञ्चायती व्यवस्थाले विद्यार्थीहरूको आन्दोलनमा बर्बर, आततायी दमन मच्चायो । पञ्च–मण्डलेहरूको अमानवीय फासिस्ट दमन र ज्यादती नरोकिएपछि विद्यार्थीहरू झुकेनन्, गलेलनन्, पछि हटेनन । निरन्तर तानाशाही जल्लादहरूका विरुद्ध डटेर सामना गरिरहे । अन्ततः सत्ता विद्यार्थीसामु घुँडा टेक्न विवश भयो र त्यसै दिन हो २०२२ साल जेठ १ अनेरास्ववियु क्रान्तिकारीको स्थापना भयो । स्थापनाको ६० वर्ष पूरा गरेको आज । विद्यार्थीहरूको वीरतापूर्ण, बहादुरीपूर्ण र बलशाली आन्दोलनको सम्झना, सम्मान र आगामी विद्यार्थी आन्दोलनलाई प्रेरणा र हौसला दिने दिनमा सम्पूर्ण विद्यार्थीलाई शुभकामना छ ।

आज विद्यार्थी सङ्गठनको नेतृत्वको गलत क्रियाकलापले शैक्षिक आन्दोलन धरापमा पर्दै गएको छ । अहिलेका विद्यार्थी नेताहरूको आन्दोलनप्रतिको उदासीन प्रवृत्ति र शैक्षिक मुद्दाको पहिचान गर्न नसक्ने कमजोर नेतृत्वका कारण पनि विद्यार्थी आन्दोलनले सही बाटो लिन सकिरहेको छैन । हिजो राजनीतिक व्यवस्था परिवर्तनका लागि, जनजीविकाका सन्दर्भमा, राष्ट्रियताका सन्दर्भमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको थियो तर अहिलेका विद्यार्थी नेताले टुलुटुलु हेर्नुबाहेक अन्य काम गर्न सकेका छैनन् ।

  हिजो पार्टी, नेता र सत्तालाई दबाब र खबरदारी गर्ने विद्यार्थी नेता आज सत्ताको दलालीमा लिप्त छ । सत्ताको चरित्र बदलियो । त्यो चरित्र बोक्ने विद्यार्थी आन्दोलन र नेताको गति बदलिएन । शिक्षा र स्वास्थ्य हिजोभन्दा आज झन्झन् महँगो र गरिब जनताबाट टाढा बन्दै गएको छ । यस्तो बेलामा विद्यार्थी नेतृत्व सत्ता रक्षक केन्द्रित हुनु दुःखद् छ । विद्यार्थी आन्दोलनको सार्थकता अझै छ । जनताको हरेक मागको नेतृत्व यसले गर्नुपर्दछ । आफू निकट दल सत्तामा भए पनि उसको गलत कदममा प्रश्न उठाउन सक्नु र जनताको समस्यालाई सम्बोधन गर्न सरकारलाई बाध्य पार्नु नै विद्यार्थी आन्दोलन हो ।

स्पष्ट भन्नुपर्दा हाल आएर विद्यार्थी आन्दोलन र यसको अस्तित्वमाथि प्रश्नचिह्न उठेको अवस्था छ । ‘विद्यार्थी सङ्गठनहरूले उठान गरेका विशेष मुद्दा के हुन् ? विद्यार्थी आन्दोलनको हालको उपलब्धि के हो ? कहाँ पुग्यो विद्यार्थी आन्दोलन ? अबको विद्यार्थी आन्दोलनको रोड म्याप कस्तो रहने ?’ यस्ता यावत् सवालहरू छन् विद्यार्थी आन्दोलनप्रति । विद्यार्थी आन्दोलन यो धराशायी स्थितिमा आइपुग्नुमा कमजोरी कसको हो।

हाल आएर विद्यार्थी सङ्गठनहरूको कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन । तिनीहरूको वैचारिकता र आन्दोलन केन्द्रीकृत बनेको देखिँदैन । यसबाहेक पनि बीचबीचमा विद्यार्थी मुद्दाहरूलाई सरकारसँग जोड्ने, शैक्षिक कुरीतिका विरुद्धमा सिर्जनशील आन्दोलन चलाउने मात्र नभएर राजनीतिक सवालमा पनि ठूला–ठूला रक्तपातयुक्त आन्दोलनदेखि वैचारिक आन्दोलनमा काँध थापेर लागेको विद्यार्थी राजनीति र विद्यार्थी सङ्गठनको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । चाहे उपभोक्ता अधिकारका लागि होस् वा किसान–मजदुर, सीमान्तकृत पीडित–शोसित सबैको हक र अधिकारका माग सुनिश्चिततामा जिम्बेवारीपूर्वक निरन्तर सङ्घर्षशील विद्यार्थी अभियान हाल आएर धराशायी बन्नुमा सङ्गठनको नेतृत्व र हालको राजनीतिक परिवेश मुख्य जिम्मेवार हनुपर्छ ।

विश्वइतिहासमा विद्यार्थी सङ्गठन र आन्दोलनको अभ्यासमाथि अध्ययन गर्ने हो भने केही अफ्रिकी र थोरै अमेरिकी मुलुकमा वर्णविभेदविरुद्ध विद्यार्थीहरू एकीकृत भई उठाएका सामान्य वर्णविरोधी आन्दोलनभन्दा ज्यादा केही अनुभव पाइन्न । युरोपतिर हेर्दा फ्रान्स, ग्रिस, आयरल्यान्ड, पोर्चुगल, बेलायतलगायत देशहरूमा विद्यार्थी सङ्गठनको भूमिका राजनीतिक, सामाजिक, शैक्षिक र विद्यार्थी हकअधिकार सुनिश्चिततातर्फ जोडिएका विद्यार्थी सङ्गठनहरू प्रायः गरी राजनीतिक रूपमा परिचालित नभई स्वतन्त्र रूपमा क्याम्पस तथा विश्वविद्यालयभित्र विभिन्न क्रियाकलाप, अभियान तथा क्याम्पेइन सञ्चालन गर्न स्थापित हुने गरेको तथ्य छ । एसियामा भने भारत, नेपाल, न्युजिल्यान्ड, श्रीलङ्कालगायत मुलुकमा विद्यार्थी राजनीतिको अभ्यास गतिलो देखिन्छ । यसरी हेर्दा विश्वसमुदायमा अभ्यासमै रहेका राजनीतिक गतिविधिको फितलो प्रयोग नेपालमा हाल आएर देखिएको नमिठो यथार्थ छ ।

गर्विलो र दर्बिलो पृष्ठभूमि बोकेको, लामो अनुभवसहितको र अत्यधिक प्रयोगमा रहेको नेपालको विद्यार्थी राजनीतिको वर्तमान भने घिनलाग्दो बनेको छ । हाल आएर विद्यार्थी सङ्गठनहरूको कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन जसमा तिनीहरूको बैचारिक रूपमा समस्या देखा परेको छ ।

अब विद्यार्थी आन्दोलनको औचित्य नै सकिएको हो त ? भन्ने सवाल सर्वत्र उठ्ने गरेको छ । त्यसो त विद्यार्थी सङ्गठनले बेलाबेलामा आफ्नो आन्दोलन र सङ्घर्षको शैली र मुद्दामा पनि वैचारिक छलफल गरेर फेरबदल गर्न सक्नुपर्छ तर त्यसो हुन सकेन । यसको दोष अरू कसैलाई नदिएर सिङ्गो पार्टीपङ्क्ति एवम् गन्तव्यहीन विद्यार्थी नेतृत्व आफैँले लिनुपर्छ । २०६२–६३ को जन-आन्दोलनपछि राजतन्त्रको अन्त्य भइसकेको अवस्थामा त्यसैअनुसारको विद्यार्थी आन्दोलन र मुद्दा जन्माउन सक्नुपर्ने थियो, त्यो हुन सकेन । छलफल र बहसहरू यदाकदा सुनिने दन्त्य कथाजस्तै भएका छन् र पनि निरर्थक तथा गन्तव्यहीन छन् जसले कुनै ठोस दिशा र निर्णय लिन सकेको पाइन्न । सानातिना झारेझुरे मुद्दामा घुमिरहेर विद्यार्थी सङ्गठनहरू आफ्नो औचित्य पुष्टि गर्न असफल हुँदैछन् ।विद्यार्थी आन्दोलनको इतिहास निकै पुरानो छ र यसको सान्दर्भिकता निकै पछिसम्म रहनेछ । बदलिँदो सन्दर्भमा विद्यार्थी आन्दोलनका बारेमा कुरा गर्दा तीन विषयहरू प्रमुख रूपमा अगाडि बडाउन आवश्यक छ  पहिलो, विद्यार्थी आन्दोलनलाई परिभाषित गर्ने दृष्टिकोण, दोस्रो यसको चरित्र र तेस्रो, यसले उठान गर्ने मुद्दाहरू ।

सर्वप्रथम, विद्यार्थी आन्दोलनलाई विभिन्न रूपमा बुझ्नुपर्ने हुन्छ– आन्दोलन, अभियान र आन्दोलनमा जेको रिक्तता छ त्यो प्राप्त गर्नका लागि त्यहाँ ओगटेर बसेको पक्षसँग सङ्घर्ष गर्ने कुरा हो । नेपालको विद्यार्थी आन्दोलनले आन्दोलनको आयामलाई ज्यादा अङ्गीकार गरेको पाइन्छ भने अभियानका रूपमा यसको परिचय स्थापित हुन सकिरहेको छैन महत्वपूर्ण पक्ष भनेको विद्यार्थी आन्दोलनले समेट्ने मुद्दाको दायरासम्बन्धी विषय छ । ती विषयलाई दुई तरिकाले बुझ्न आवश्यक देखिन्छ पहिलो, हालको विद्यार्थी आन्दोलनले विगतदेखि उठाउँदै आएका शैक्षिक तथा राजनीतिक मुद्दाहरूमा आफूलाई इमानदार ढङ्गले प्रस्तुत गरिरहेको छ वा छैन भन्ने कुराको आत्मबोध र दोस्रो, समयको गतिसँगै थपिएका नयाँ सवालहरूलाई विद्यार्थी आन्दोलनको दायराभित्र ल्याउन पर्याप्त ध्यान दिइएको छ कि छैन भन्ने बुझाइ र अर्को विषय ‘आन्दोलन’ शब्दलाई अवरोध, हडताल एवम् तोडफोडका रूपमा व्याख्या गर्ने भाष्य निर्माण हुँदै गरेको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्न आवश्यक छ । यस सन्दर्भमा विद्यार्थी आन्दोलनभित्र सामाजिक न्यायका बहुआयामिक , पर्यावरणीय मुद्दामा र प्रविधि सम्बद्ध विषयसमेत बहस र छलफलका विषय बन्न आवश्यक छ ।

उदाहरणका लागि अमेरिकामा ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा र विश्वभर जलवायु परिवर्तनका कारण वातावरणमा परेको असरका सम्बन्धमा विद्यार्थीले निर्वाह गरेको भूमिका आदिबाट नेपालको विद्यार्थी आन्दोलनले थुप्रै प्रेरणा लिन सक्छ । सामाजिक, आर्थिक, पर्यावरणीय एवम् प्रविधिजन्य विषयमा विद्यार्थी सङ्गठनको धारणा तथा उनीहरूले निर्वाह गर्ने भूमिका के हो भन्नेबारेमा खासै छलफल भएको पाइँदैन । यस्ता आयामहरूमा बृहत् छलफल गर्ने, अनुसन्धान तथा विकासमा संलग्न व्यक्तिहरूलाई विद्यार्थी आन्दोलनसँग जोड्न आवश्यक छ । विद्यार्थी आन्दोलनले विद्यार्थीको मनोवैज्ञानिक आयामलाई समेत सम्बोधन गर्ने गरी कार्यक्रमहरू अगाडि ल्याउन आवश्यक छ । यस सन्दर्भमा विद्यार्थी आन्दोलनको चरित्र र शैलीमा समयानुकूल परिमार्जन हुन जरुरी छ ।

हिजो स्ववियु जुन उद्देश्य र लक्ष्य राखेर स्थापना गरिएको थियो आज त्यसको कोर्स नै परिवर्तन भइसकेको छ । अहिलेको बदलिएको समयमा यसलाई फरक ढङ्गले लैजान जरुरी छ । आजको सन्दर्भ फेरिएको छ । समयसँगै समाजका सन्दर्भ र आयाम फेरिएका छन् । यही विभिन्न कारणले पनि आजको स्ववियुको पुनर्संरचना आवश्यक छ ।आजको विद्यार्थी आन्दोलनलाई औचित्यहीन गराउँदै समाप्त गर्ने खेल धेरै पहिलेदेखि नै भएको देखिन्छ । यसलाई रूपान्तरण गरी आमविद्यार्थी वर्गको हक, अधिकारको संरक्षक संस्थाका रूपमा खडा गर्नुपर्छ । त्यसका लागि सम्पूर्ण विद्यार्थी सङ्गठनहरू एउटै मञ्चमा बसेर साझा एजेन्डाहरू तयार गरी लडे मात्र आजको विद्यार्थी आन्दोलनले विजय हासिल गर्न सक्नेछ । अन्यथा अबको नेपालको विद्यार्थी आन्दोलनको औचित्यमा थुप्रै प्रश्न उठ्ने वाला छ  । 

लेखक : हरि बिष्ट अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

बाँकेमा सुरु भयो कागज उत्पादन

Next Post
बाँकेमा सुरु भयो कागज उत्पादन

बाँकेमा सुरु भयो कागज उत्पादन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version