For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

बाँकेमा सुरु भयो कागज उत्पादन

byDainik Nepalgunj
May 14, 2024
in Business, News, मुख्य समाचार
828 0
0
बाँकेमा सुरु भयो कागज उत्पादन
Share on FacebookShare on Twitter

पाँच सय करोड लगानीमा पेपर मिल स्थापनाको लक्ष्य राखेको एक्सिलेन्टले रिसाइकल उद्योगलाई प्रारम्भिक सञ्चालनमा ल्याएको हो ।

पाँच बर्षदेखिको सपना अन्ततः साकार हुन थालेको छ । एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि. ले स्थानीय ह्याण्डमेड स्याक पेपर उत्पादन सुरु गरेको हो । आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको भन्ने ध्येयका साथ झण्डै ५ सय करोड लगानीमा एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेड स्थापनाको लक्ष्य राखेर स्थापना गरिएको एक्सिलेन्टले प्रारम्भिक उत्पादनका रुपमा ह्याण्डमेड स्याक पेपर उत्पादनको सफल परीक्षण गरेको कम्पनीका अध्यक्ष ज्योतिलाल भण्डारीले जानकारी दिए ।

‘तत्काललाई २ टन प्रतिदिन उत्पादनका क्षमताका रुपमा जुट, कटन, फाइबर मिक्स पेपर उत्पादन सुरु गरेका हौं’, त्यसका लागि करिब १२ करोड लगानी गरिसकिएको जानकारी दिंदै अध्यक्ष भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘६ महिनाभित्र ३३ करोड लगानी पुग्ने अनुमान छ ।’ त्यससँगै २० टन उत्पादन दिने फोर्डिनियर डायर मेसिन जडान गरेर उत्पादन क्षमता बढाउँदै जाने योजना अध्यक्ष भण्डारीले सुनाए ।

‘नेपालमै सामुदायिक उद्योगका रुपमा गरिएको सफल परीक्षणबाट हामी उत्साहित भएका छौं’, ५३ जना शेयरधनी जोडिएको एक्सिलेन्टमा आधाबढी शेयर धनी आफै प्रत्यक्ष रोजगारीमा जोडिएको जानकारी दिंदै कम्पनीका निर्देशक राजेन्द्र चौधरीले दैनिक नेपालगन्जसँग भने, ‘अप्रत्यक्ष रुपमा बाँकी शेयरधनी पनि रोजगारीमा जोडिंदै जानुहुनेछ ।’ उनका अनुसार, पहिलो चरणमा फालिएका पेपर, कपडा, जुट लगायतका रद्दी कच्चा पदार्थबाट ह्याण्डमेड स्याक पेपर उत्पादन थालिएको हो ।

‘यसबाट कभर पेपर, फाइल बोर्ड, प्याकेजिङ्ग पेपर उत्पादन भैरहेको छ’, मेसिन सेटिङ्ग र सफल परीक्षणबाट उत्साहित अध्यक्ष भण्डारीले व्यवसायिक उत्पादनका लागि आवश्यक लगानीमा बैंकले धोका दिंदा तीन बर्ष ढिलो भएको गुनासो गर्दै भने, ‘हाम्रो योजना राप्तीसोनारी सेरोफेरोका १ हजार बढी स्थानीयलाई प्रत्यक्षसँग रोजगारीमा जोड्ने हो, तर बैंकिङ्ग क्षेत्रबाट भैरहेको असहयोगले तत्काल सानो स्केलमा सीमित जनशक्तिबाट कागज उत्पादनको सफल परीक्षण गरिरहेका छौं ।’

पाँच सय करोड बढी लगानीमा नेपालमै ठूलो कागज उद्योगको सपना साकार हुँदै गएको अध्यक्ष भण्डारीको बुझाइ छ । ‘हामीसँग भएको १६ विगाह ४ कठ्ठा जग्गामा आंशिक कामका लागि साढे ४ विगाह भित्र रिसाइकल प्लान्ट डेभलप गरिएको छ’, अध्यक्ष भण्डारी भन्छन्, ‘समुदायलाई जोड्दै रोजगारी र स्वामित्व विकास गर्नु हाम्रो योजना हो ।’

बाँकेको राप्तीसोनारीमा भण्डारीको नेतृत्वमा स्थापना गरी उत्पादनका चरणबद्ध काम अगाडि बढाइएको बताइएको छ । त्यसक्रममा स्थानीय स्तरमा निकै राम्रो सहभागिता र सहयोग जुटिरहेको प्रतिक्रिया दिंदै भने, ‘नीति निर्माण तह, सरकार, बैंक तथा वित्तीय संस्थाले हाम्रो योजना र उद्देश्यप्रति संवेदनशील भैदिनेहो भने नेपाली कागजको बजारमा बिस्तारै आत्मनिर्भर हुने तर्फ अगाडि बढ्न एक्सिलेन्टले जग खडा गर्न चाहिरहेको छ ।’

पाँच बर्ष अघि अध्ययन पूरा गरी जग्गामा लगानी गरेको एक्सिलेन्टले पछिल्ला तीन बर्ष लगानी जुटाउँदैमा खर्च गर्नुपरेको निर्देशक चौधरीको दुखेसो छ । ‘बैंकले पूर्व प्रतिबद्धता विपरित असहयोग गर्दा जनताको करोडौं लगानी अलपत्र अवस्थामा पुगेको थियो’, निर्देशक चौधरीले सामुदायिक स्तरमा संगठित गर्दै संकलित लगानीबाट पहिलो चरणको पेपर रिसाइकल प्लान्ट जडान गर्न सफल भएको सुनाउँदै भने, ‘हामीलाई विश्वास छ, सहयोगी हात र सरकारी निकायबाट यो योजना सफल बनाउन हामीलाई ऊर्जा प्रदान हुनेछ ।’

किसानले लगाउने बाँस, ऊखु, अम्रिसो घाँस, धान–गहुँका पराल–नलबाट कागजका लागि आवश्यक कच्चा पदार्थ पल्प तयारी कागज उत्पादन गरेर नेपाली बजारको कम्तिमा १५ प्रतिशत हिस्सा ओगट्ने योजनामा एक्सिलेन्ट पेपर कम्पनीको अवधारणाको नेतृत्व भण्डारीले गरेका छन् । ‘नेपालमै नयाँ र नौलो प्रविधिबाट फाइबर कटन मिक्स कागज उत्पादन सुरु गरेकाले बिस्तारै यसले लगानीकर्ताको मन जित्ने कुरामा हामी विश्वस्त छौं’, भण्डारीको भनाइ छ, ‘छिट्टै यो उत्पादनलाई बजारमा पठाएपछि उपभोक्ताको पनि मन जित्ने कुरामा हामी ढुक्क छौं ।’

एकातिर कागजमा भारत लगायत तेस्रो मुलुकका बजारको परनिर्भरता तोड्ने र अर्कोतिर फालिएका रद्दी कागज, कपडा, प्लाष्टिकको पुनः प्रयोग गरी फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने भएकाले एक्सिलेन्ट पेपर रिसाइकलका लागि तीन तहकै सरकारको सहयोगी भूमिका हुनुपर्ने सञ्चालकको अपेक्षा छ ।

उद्योगको अवलोकनकी गएकी प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना)ले बाँकेमा उत्पादन सुरु गरेको एक्सिलेन्टले उदाहरणीय ढंगबाट उद्योग सञ्चालनमा ल्याएको बताइन् । राप्तीसोनारी गाउँपालिका वडा नं. २ अमरुवामा आफै श्रमिक, आफै मालिक उत्पादन हाम्रै नेपालको भन्ने मूल उद्देश्यका साथ सामूदायिक उद्योगको अवधारणामा एक्सिलेन्ट पेपर रिसाइकल उद्योग सञ्चालनमा आएको जानकारी दिंदै उनले दैनिक नेपालगन्जसँग भनिन्, ‘आत्मनिर्भर अर्थतन्त्रका लागि यो महत्वपूर्ण जग हुनसक्छ ।’ उनले त्यसका लागि तीन तहकै सरकारका लागि यसखालका उद्योगको प्रवद्र्धनमा हुनुपर्ने बताइन् ।

Previous Post

६०औँ विद्यार्थी दिवस र विद्यार्थी आन्दोलनमा देखिएका समस्या

Next Post

बाँकेका प्रजिअ पोखरेल हेटौडा सरुवा

Next Post
बाँकेका प्रजिअ पोखरेल हेटौडा सरुवा

बाँकेका प्रजिअ पोखरेल हेटौडा सरुवा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

May 15, 2026
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

May 15, 2026

भारतमा पेट्रोल–डिजेल महँगियो

May 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version