गर्मी मौसम आउने बितिक्कै जीवनमा अनेकौ परिवर्तन देखिन्छ । मुख्यतया नेपालको तराई क्षेत्रमा गर्मी केवल मौसम होइन एक गहिरो अनुभव हो शरीरलाई पोल्ने मनलाई थकित बनाउने तर जीवनको यथार्थ दर्शाउने समय पनि हो । नेपालगन्जजस्तो सहरमा जहाँ तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्छ गर्मीलाई सहन सक्नु सजिलो काम होइन । सडक धुलाम्य छन तातो लु चलेकै छ । बिधालय गएका विद्यार्थीका कपडा भिजेका छ्न । पानीका श्रोतहरू सुक्दै छ्न पानीको हाहाकार बिजुली कटौतीले जनजीवन निकै दुखित । चरा अन्य जिवहरू छाँयाको खोजीमा हिँड्छन् कहिले चौरफेरोको बुट्टे रुखमुनि कहिले पसलको जस्ताले ओढेको छायाँमा । गाउँ घर तिर खरको छानो यस्तै घाम धुलो र पसिनाको कहालीलाग्दो दुनियाँमा एउटा हरियो आशा बन्छ निमको रुख । गर्मीमा निमको शीतलताबीचको सम्बन्ध केवल प्राकृतिक होइन मानवीय जिबन उपयोगी सङ्ग संबंधित छ ।
निमको रुख समाजमा केवल एउटा रुख मात्र होइन यो एक भरोसा हो गर्मीमा राहत दिने रोगबाट बचाउने मनलाई शान्त बनाउने । यसको छायाँमा बसी दिन बिताउने किसान यसको छालाबाट औषधि बनाउने वैद्य सबैका लागि निम जीवनको सहयात्री हो । नेपालगन्जका बजार, चोक, विद्यालय, अस्पताल वरिपरि निम लगाउन निकै जरुरी गर्मीको विरुद्धमा एक माध्यम रुख नै हो । चर्को घाममा पसिना पुछ्दै हिँड्दा जब शरीरमा घमौरा आउँछ अनि निम कुटेर दल्दा घमौरा बाट राहात पाईन्छ निमको उल्लेखनीय पक्ष यसको औषधीय गुण हो । गर्मीमा झाडा, पखाला घाउ फोका चर्मरोग किटाणु संक्रमणशारीरिक एलर्जीहरू प्राय हुन्छन् । यस्ता रोगहरूलाई निर्मुल गर्न निम एउटा सस्तो,प्रभावकारी र स्थायी समाधान हो । निमको पात छाल फल सबै औषधिको रूपमा प्रयोग गरिन्छ । यसको पानीले नुहाउँदा शरीर सफा हुन्छ चाउरिँदैन फोका हट्छन् । निमको दातूनले गिजा बलियो हुन्छन् मुख दुर्गन्धरहित हुन्छ । निमको पात उमालेर खानाले पेट सफा हुन्छ । यो सबै गुण नेपाली परम्परामा पुस्ता पुस्ताबाट सर्न आएको हो । विज्ञानले भर्खरै प्रमाणित गरिरहेको कुरा हाम्रो संस्कृतिले सदियौँदेखि व्यवहारमा उतारिरहेको थियो । निमलाई घर वरिपरि रोप्नु केवल हरियाली होइन, स्वास्थ्यको सुरक्षा कवच बनाउनु हो । निम आयुर्वेदमा बहुगुणी औषधीय वनस्पति मानिन्छ । यो विशेषगरी भारत र नेपालमा पाइने वृक्ष हो जसको हरेक भाग पात, बोक्रा, फल, बीउ, फूल र जराले औषधीय गुणहरू प्रदान गर्छ । निमलाई प्राकृतिक एण्टिबायोटिक कीटाणुनाशक तथा रक्तशुद्धिकारीको रूपमा प्रयोग गरिन्छ ।
निमका पातहरू चपाउँदा मुख सफा हुन्छ र मुखका रोगहरू जस्तै गिजाको सुन्निने, घाउ हुने र दुर्गन्ध हटाउन मद्दत गर्छ । यसको पातको लेदो छालामा लगाउँदा डण्डिफोर घमौरा खोरेत एलर्जी फोका आदि छालाजन्य समस्याबाट राहत पाइन्छ । निमको तेल चर्मरोगमा अत्यन्त लाभदायक मानिन्छ ।
निमको बोक्राले ज्वरो घटाउने पेटको किरा मार्ने र पाचन प्रणालीलाई बलियो बनाउने काम गर्छ । निमको गेडाबाट निकालिएको तेल बालसम्बन्धी रोगहरू तथा मलेरिया जस्ता रोगहरूको रोकथाममा उपयोगी हुन्छ । निमले रगत शुद्ध पारेर छालाको कान्ति बढाउने कार्य गर्छ ।
कृषिक्षेत्रमा पनि निम अत्यन्त उपयोगी छ । निमको पात तथा गेडा पिसेर बनाइएको निमजन्य कीटनाशक जैविक खेतीमा प्रयोग गरिन्छ । यसले हानिकारक कीरा नियन्त्रण गर्न मद्दत गर्छ तर जमिन तथा बालीलाई हानि गर्दैन ।
निम वातावरणको लागि पनि लाभदायक छ । यसले हावामा रहेका जीवाणुहरू नष्ट गरी स्वच्छता कायम राख्छ । साथै निमको छायाँमा बस्दा मानसिक शान्ति मिल्ने विश्वास गरिन्छ र बुढापाखाहरूको भनाईनै छ गर्मी लागे निमको छहारी खोज्नु ।
निम एक वरदानजस्तो प्राकृतिक औषधि हो जुन मानव स्वास्थ्य कृषि तथा वातावरणीय सन्तुलनका लागि अपरिहार्य छ । यसको संरक्षण र नियमित प्रयोगले दीर्घकालीन स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ ।
गर्मीको मौसममा निमको छायाँ सामाजिक अन्तरक्रियाको पनि केन्द्र बन्न पुग्छ गाउँ घर तिर । बिहानको समयमा वृद्धहरू निमको रुखमुनी बैठक गर्छन्, बालबालिकाहरू खेल्छन् महिला दिदीबहिनीहरू चिसो हावा खाँदै गफिन्छन् । कतिपय ठाउँमा त निमको रुखको वरिपरि सार्वजनिक चौतारा वा मन्दिर पनि बनाइएको हुन्छ । यस्तो ठाउँले समुदायलाई जोड्ने काम गर्छ । चियापसलसँगै निमको छायाँमा दिउँसो आराम गर्न आएकाहरूले सामाजिक र राजनीतिक चर्चा गर्छन् । यस्तो सांस्कृतिक थलोले मान्छेबीच आत्मीयता बनाउँछ । गर्मीले सबैलाई थकित बनाउँछ तर निमको रुखमुनि बसेर बिताएको केही क्षणले फेरि जीवनलाई ऊर्जा दिन्छ । यही कारणले गर्दा निमको रुख केवल छायाँ दिने बोट होइन समाज जोड्ने एक कसि पनि हो ।
जलवायु परिवर्तनको प्रभावसँगै गर्मीको स्वरूप झन् विकराल बन्दै गएको छ । नेपालगन्जमा हरेक वर्ष तापक्रम नयाँ कीर्तिमान पार गर्दैछ । यस्तो स्थितिमा निमजस्ता रुखहरू वातावरणीय सन्तुलन कायम गर्न निकै महत्त्व बोकेका छ्न । यी रुखहरूले वातावरणमा अक्सिजनको मात्रा बढाउँछन् कार्बन सोस्छन् धुलो कम गर्छन् तापक्रम नियन्त्रणमा सहयोग पु¥याउँछन् । यदि हामीले अझ धेरै निम रोप्न सकेमा गर्मीको तापलाई केही हदसम्म सह्य बनाउन सकिन्छ । विद्यालय, कार्यालय, पार्क, सडकछेउ अस्पताल परिसर सबै ठाउँमा निम रोप्नु र हुर्काउनु अहिलेको आवश्यकता हो । यस्तो अभ्यासले पर्यावरणीय सचेतना पनि बढाउँछ बालबालिकामा प्रकृतिप्रतिको माया जगाउँछ । निमलाई हरित जिबन बुटि भन्न सकिन्छ यो जीवन रक्षा गर्ने एक अचुक रुख हो ।
गर्मी र निमको सम्बन्ध एउटा गहिरो जीवनबोध हो । गर्मी जीवनको कठोर सत्य हो भने निम त्यसको सहज उत्तर हो । एकातिर तापले शरीर र मन थकित बनाउँछ भने अर्कोतिर निमको छायाँ र गन्धले जीवनमा शान्तिको अनुभूति गराउँछ । हामी मानवहरू प्रकृतिसँग लड्न होइन प्रकृतिको साथ लिन जन्मिएका हौँ । निम त्यसैको एउटा नमूना हो जहाँ धैर्यता सेवा सहिष्णुताको पाठ पाइन्छ । नेपालगन्जजस्ता सहरमा जहाँ गर्मी दिनानुदिन चुलिँदैछ, त्यहाँ निमका रुखहरू केवल पर्यावरणीय समाधान मात्र होइनन् मानवीय सान्त्वनाका स्रोत पनि हुन् । आउनुहोस् हामी सबै मिलेर निमका रुखहरू रोपौं, हुर्काऔं गर्मीको विरुद्धमा एउटा हरित बिगुल बजाउ । जहाँ जीवन चिसो हावासँगै निमको उपयोगिता सबैलाई बताउन सफल बनौ । रुख लगाउ जीवन बचाउ ।