जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा बाँकेमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी नेतृ सत्यवती कुर्मीको निधन भएको छ । जनमत पार्टीमा केन्द्रीय सदस्य रहेकी कुर्मीको भारत बाबागन्जमा आइतबार निधन भएको हो ।
भारतमा लोकसभा निर्वाचनका कारण सीमा बन्द रहेकाले उनको भारतमै अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।