पत्रकार शंकर खनालले लायन्सको कमाण्ड सम्हालेका छन् । लायन्स क्लब अफ नेपालगन्ज इन्नोभेटिभको सन् २०२४–०२५ का लागि खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
इन्नोभेटिभको प्रथम उपाध्यक्षमा शोभा श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मिला तुलाधर, सचिव अमृत थापा र कोषाध्यक्षमा शोभा गुरुङ्ग सर्वसम्मत चयन भएको लायन्स लिडर उमा थापा मगरले जानकारी दिइन् ।
नवचयनित अध्यक्ष खनाल सहितको लायन्स टिमलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका निवर्तमान डिष्ट्रिक गभर्नर मुकुट ढकाल लगायतका लायन्स लिडरहरूले पदभार ग्रहण गराए ।