. सरकारले यही जेठ १३ गतेदेखि देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ ।
२. राष्ट्रियसभाको मंगलबारका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ । बैठक विशेष कारण बस्न नसकेको भन्दै संसद् सचिवालयले सूचना प्रकाशन गरेको छ ।
३. सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लिएका छन् ।
४. फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
५. कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गरिएको अध्यक्ष सिरोहियाले जानकारी दिएका छन् ।
६. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताए ।
७. नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
८. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षालाई थप व्यवस्थित गर्ने उद्देश्यले ‘साइबर सुरक्षा पूर्वतयारी अभ्यास’ गरेको छ ।