नेपालगन्जको जमुनाह नाकामा तालिम प्राप्त कुकुरबाट लागूऔषध चेकजाँच गरिएको छ ।
बाँके प्रहरीका अनुसार, नेपाल प्रहरी केनाइन शाखा कोहलपुरबाट ल्याइएका लागूऔषध सम्बन्धि तालिम प्राप्त कुकुरहरूद्वारा नेपाल–भारत आवतजावत गर्ने मानिसहरू तथा समानहरूको चेकजाँच गरिएको हो ।
‘लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकीकृत अभियान २०८१’ अन्तर्गत मंगलवार बाँकेको मुख्य सीमा नाका जमुनाहमा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको
छ ।