राप्ती नदीको जलस्तर बढेपछि नदीको तटीय बस्तीहरु जोखिममा परेका छन् ।
राप्ती नदीको कुुसुममा जलस्तरको सतहले ८ मिटर नाघेको छ । निरन्तर बर्षाका कारण जलस्तर बढ्न सक्ने र त्यसले नदी तटीय क्षेत्रमा डुबान हुनसक्ने बताइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाढी जोखिमको निरन्तर अनुगमन गरिरहेको बताएका छन् । ‘हाइ अलर्टमा छौं, जोखिममा रहेका बस्तीबाट मानिसहरुलाई सुरक्षित ठाउँमा सार्ने क्रम पनि सुरु भएको छ ।’ उनले होलिको चौफेरीबाट ५० परिवारलाई सुरक्षित स्थानमा सारेका जानकारी दिए ।
पत्रकार हेमन्त चौधरीले राप्तीसोनारी गाउँपालिका वडाहरु र नरैनापुरका जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।
उनले राप्ती नदीले तिव्र कटान गरिरहेको बताए ।