नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०।८१ मा ७० प्रतिशत बढी पूँजीगत खर्च गर्न सफल भएको छ । उपमहानगपालिकाको आर्थिक प्रशासन शाखाले चालु आ.व.का. आय व्याय सार्वजनिक गर्दै ७९.२७ प्रतिशत पूँजीगत खर्च भएको जानकारी दिएको छ ।
उपमहानगरपालिकाका अनुसार, आर्थिक वर्ष २०८०।८१ मा जम्मा आय अनुमान १ अरब ८५ करोड ४६ लाख ९० हजार ६ सय ६५ रुपैयाँ रहेकोमा आर्थिक वर्षको अन्त्य सम्ममा १ अरब ७५ करोड ४७ लाख १ हजार ३ सय ५९ रुपैयाँ (९४.६%) प्राप्त भएको छ ।
व्यय तर्फ कुल बजेट विनियोजन १ अरब ८५ करोड ४६ लाख ९० हजार ६ सय ६५ रुपैयाँ रहेकोमा आर्थिक वर्षको अन्त्य सम्ममा जम्मा खर्च १ अरब ४७ करोड २ लाख १५ हजार ६ सय १७ रुपैयाँ (७९.२७%) खर्च भएकोमा सो मध्ये चालु खर्च तर्फ ८३.४७%, पूँजीगत तर्फ ७०.१८% र वित्तिय तर्फ ९३% खर्च रहेको छ ।