१. राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने निर्णय गरेको छ । केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो ।
२. बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।
३. प्रमुख प्रतिपक्ष कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानअनुसार विश्वासको मत लिनका लागि व्यवस्था गरिएको ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहालले लिएपनि आपत्ति नहुने बताएका छन् । तर, सरकारमा बसेसम्म सदनप्रति जिम्मेवार हुनुपर्ने बताए ।
४. प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए नयाँ सरकार संविधानको धारा ७६ (३) अनुसार बन्ने माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले प्रधानमन्त्री दाहालले असार २८ मा विश्वासको मत लिन लागेकाले त्यो बेलासम्म कुर्न प्रतिपक्षका सांसदहरूलाई कुर्न उनको अनुरोध थियो ।
५. नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुटवलस्थित यातायात कार्यालयका तत्कालिन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो ।
६. नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी यस्तो आग्रह गरेका हुन् ।
७. कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका तीन सय ७८ कर्मचारीले विभिन्न माग राख्दै दश दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन् ।
८. अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ ।