समाजमा राम्रो काम गरिरहेका अनुसरणीय व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संकरण आज नेपालगन्जमा घोषणा गरि वितरण गरिने भएकोछ ।
बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका एक जनालाई नाईस अवार्ड २०२४ मार्फत नगद १० हजार सहित अवार्ड प्रदान गरिन लागेको हो ।
नाईस अवार्ड २०२४ का लागि यस अघि नै खुल्ला आव्हान गरिएको थियो । अवार्डका लागि दरखास्त गर्ने ब्यक्ति नेपाली नागरिक हुनुपर्ने, सामाजिक क्षेत्रमा कार्यक्षेत्र बाँके जिल्लामा रहेर काम गरेको हुनुपर्ने, कुनै पनि नियमनकारी निकायको कारवाहीमा नपरेको हुनुपर्ने र व्यक्ति अवार्डका लागि दावेदार हुन भनी आवेदक⁄मनोनयनकर्ताले स्पष्ट कारण आवेदन फारममा खुलाउनुपर्ने मापदण्ड राखिएको थियो ।
आज दिउसो नेपालगन्जमा हुने नाईस अवार्ड २०२४ को घोषणा तथा वितरण लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमका बिच गरिनेछ । नाईस अवार्डले समाजमा असल कार्य गरिरहेका ब्यक्तिलाई थप प्रोत्साहन मिल्ने तथा समाजका अन्य ब्यक्तिहरुले समेत असल र सामाजिक कार्यको अनुसरण गर्ने विश्वास रहेको छ ।
यस अघि नाईस नेपालगन्जले तपशिल बमोजिमका ब्यक्तिहरुलाई नाईस अवार्ड प्रदान गरिसकेको छ ।
पहिलो नाईस अवार्ड २०२१ पहिलो नाईस अवार्ड २०२१
लागु औषध दूब्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई प्रदान गरिएको थियो ।
लागु औषध दूक्यसनि बिरुद्ध लामो समय देखि काम गर्दै आएका उनलाई उत्कृष्ट कार्य गरे वागत उक्त सम्मान प्रदान गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा खादा, सम्मान पत्र, ट्रफि तथा नगद १० हजार सहित सम्मान गरिएको थियो ।
दोश्रोे नाईस अवार्ड २०२२
नाईस नेपालगञ्जले मिति २०७९ साउन २३ गते नेपालगन्जमा सम्पन्न बिशेष कार्यक्रममा गैर सरकारी संस्थामा क्रियाशिल मुस्लिम अगुवा तथा सामाजिक अभियन्ता प्रबेज अली शिद्धिकीलाई सामाजिक रुपान्तरणमा पु¥याउनु भएको असल योगदानको उच्च कदर गर्दै नगद १० हजार पुरस्कार सहित दोश्रो ल्क्ष्ऋभ् ब्ध्ब्च्म् (द्दण्द्दद्द प्रदान गरेको थियो ।
तेस्रो नाईस अवार्ड २०२३
नाईस अवार्ड २०२३ नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको थियो । नाईस नेपालगन्जको अयोजनामा २०८० साउन २३ गते नेपालगन्जमा आयोजित एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद माननीय डा. धवल शमशेर राणाले गैरेलाई अवार्ड प्रदान गरेका थिए ।
पत्रकारितामा तिन दशक लामो समय देखि निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनिय योगदान पुर्याएका गैरे अवाडका लागि चयन भएका थिए । उनले नाईस अवार्ड बाट प्राप्त रकम पत्रकारको स्वास्थ्य उपचारका लागि खर्च गरेका थिए ।