मोहरबारे गैरेसँग विद्यार्थी

युवा साहित्यकार सागर गैरेको पछिल्लो उपन्यास मोहरबारे विद्यार्थीसँग चर्चा भएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको समन्वयमा बाल ज्योति मा.विले त्यसखाले आयोजना मंगलवार गरेको हो । जहाँ मोहोर कृतिबारे विद्यार्थीहरुले उपन्यासकार गैरेसँगै अन्तरक्रिया गरे ।

विद्यार्थीहरूले मोहोर कृतिका लेखक गैरेसंग दुई दर्जनभन्दा बढी प्रश्नहरू सोधेपछि उनीहरूको जिज्ञासा मेटाउँदै लेखक गैरेले कृतिका विविध पक्षका खुलासा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका नवनिर्वाचित अध्यक्ष पुष्करनाथ रिजालले गैरेको मोहोर उपन्यासमा आफ्नै बाबुलाई नायक बनाई जीवनका सुख दुःख र सङ्घर्षलाई जीवन्त ढंगले चित्रण गरिएको बताए ।

विद्यालयका प्र.अ दामोदर पौडेलले विद्यार्थीमा पठन संस्कृति र लेखन कलालाई विकास गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास बताए । कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारीलाई विद्यालयले सम्मान पनि गरिएको छ ।

पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष द्वय खोपीराम वली र देवकी निरौल , सहसचिव प्रकाश मरासिनी, कलाकार विक्रम शिशिर, साहित्यकार नवीन अभिलाषी,सनत सापकोटा, भूपेन्द्र सुवेदी, विद्यालय व्यवस्थापन समितिका सदस्य बलराम काफ्ले, सल्लाहकार मधुसुदन न्यौपानेलगायत साहित्यकार, लेखक, शिक्षक, विद्यार्थी पत्रकारको कार्यक्रममा सहभागिता थियो ।

यसैबीच, नव निर्वाचित कार्यसमितिले भदौ २,३ र ४ गते तीन दिने श्रम शिविर सञ्चालन गरी कोहलपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा तारवार र वृक्षारोपण पनि गरेको अध्यक्ष रिजालले जानकारी दिए ।

Exit mobile version