सरसफाईमा वडाको विशेष अभियान

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले आफ्नो वडा अन्तर्गत नगरका विभिन्न २७ ठाउँमा पक्की डष्टबिन व्यवस्थापन गरेको छ । वडाध्यक्ष गोपाल पुनका अनुसार, फोहोर व्यवस्थापनलाई छिटो छरितो होस् भन्नका लागि पक्की डष्टबिन राखिएको हो ।

‘प्लाष्टिक डष्टबिन चोरी हुने डरले सिमेन्टेड पक्की डष्टबिन राखेका छौं’, हाम्रो वडा राम्रो वडा अभियान चलाइरहेको जानकारी दिंदै वडाध्यक्ष पुनले दैनिक नेपालगन्जसँग भने, ‘साप्ताहिक सरसफाई अभियानलाई अब विशेष रूपमा अगाडि बढाउँदैछौं ।’ सरसफाईमा आफ्नो वडालाई नेपालगन्जकै नमूना बनाउने आफ्नो प्रतिबद्धता रहेको वडाध्यक्ष पुनको दाबी छ । ‘फोहोर अब जथाभावी सडकमा फाल्न पाइनेछैन’, त्यसका लागि सचेतना फैलाइएको पुनको भनाइ थियो ।

Exit mobile version