नेपालगन्जको न्यूरोड स्थित एक कपडा पसलमा भिषण आगलागी भएको छ ।
होटल डायमण्डको सामुन्ने रहेको सत्यम फेन्सी बस्त्रालयमा आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि पुगेको दमकलले आगलागी नियन्त्रण प्रयास गरिरहेको छ ।
आगलागी पछि प्रहरीले आसपासको घरमा रहेका व्यक्तिलाई सुरक्षित गर्न घर बाहिर निकालेको स्थानीयले जानकारी दिएका छन् ।