प्याब्सनले बाँकेले माध्यमिक तह र आधारभूत तह तर्फ जिल्ला स्तरीय अनलाइन क्वीज प्रतियोगिता आयोजना गरेको छ ।
मंगलबार भएको प्रतियोगितामा मावि तर्फ ३ढ विद्यालय सहभागी भएकोमा स्प्रिङ डेल एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा स्प्रिङ डेलका विद्यार्थी हिना खड्का र सार्थक रिजाल सहभागी भएका थिए ।
त्यस्तै, मावि तर्फ दोस्रो नेपालगन्ज मोडेल एकेडेमी नेपालगन्ज, तेस्रो बालबिकास जानकी तथा सान्त्वना रामजानकी कोहलपुर भएको प्याब्सन बाँकेका अध्यक्ष यम बहादुर रावतले जानकारी दिए ।
त्यस्तै, आधारभुत तर्फ २८ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आदर्श नेपालगन्ज प्रथम भयो भने दोस्रो ेपालगन्ज मोडेल नेपालगन्ज , तेस्रो शिखा कोहलपुर र सान्त्वना ग्रीनपिस कोहलपुर भएको थियो ।