बाँकेको कोहलपुरमा रहेको द निन्जा स्टुडियोले शिक्षा शाखा अधिकृत शिला गौतमलाई सम्मान गरेको छ ।
हिन्दु महीलाहरुको महान चाड तिज बिशेष कार्यक्रममा गौतमलाई सम्मान पत्र सहीत सम्मान गरिएको हो ।
द निन्जा स्डुडियोले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएका महीलाहरुलाई प्रत्येक बर्ष सम्मान गदै आएको छ ।
सम्मान पछि बौल्दै गौतमले शैक्षिक क्षेत्रको सुधार तथा बिकासका लागि आफुले गरेको योगदान वा प्रयासको मुल्यांकन भएको बताउनुभयो । यो सम्मानले अझै मेहनत गर्न प्रेरित सगै आफ्नो जिम्मेवारी बढाएको अनुभुती भएको गौतमले बताउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले यस्ता खाले सम्मान कार्यक्रमले महीलाहरुलाई थप उर्जा हौसला प्रदान गर्ने बताउनुभयो । उहाँले महिलामाथी हुने विभेद, हिंसा र अपराध अहिले पनि समुदायमा उत्तिकै रहेको भन्दै त्यस विरुद्ध लड्न महिलाहरुनै सक्षम हुनुपर्ने धारणा राख्नुभयो । कतिपय हिंसाका घटना भित्रभित्रै दवाउने गरिएको भन्दै महिलाहरुलाई अवसरबाट बन्चित गर्ने अवस्थाको अन्त्य अझै नभएको समेत उहाँले जिकिर गर्नुभयो । कार्यक्रममा बोल्दै द निन्जा स्टुडियोका सन्चालक बुद्धी थापाले बिगतका बर्ष देखि निरन्तर रुपमा यस्ता खाले कार्यक्रम सन्चालन गदै आएको बताउनुभयो । आफु भाषण भन्दा पनि काममा बिश्वास गर्ने बताउनुभयो । द निन्जा स्टुडियो ले तेक्वान्दो ,जुम्वा सगै डान्स क्लासहरु सन्चालन गदै आएको बताउनुभयो ।
साथै पछिल्लो समय महीलाहरुमा बिभिन्न समस्याहरु देखा परेका कारणले गर्दा ती समस्या बाट छुट्कारा पाउनका लागि महीलाहरुले दैनिक रुपमा १ घण्टा शारिरीक रुपमा ब्ययाम गर्नुपर्नेमा जोड दिनुभयो ।पोखरा गहन पसलको मुख्य प्रायोजन तथा लुम्विीनी सुन चादी पसलको प्रायोजनमा गरिएको तिज बिशेष तथा सम्मान कार्यक्रममा करिब ५० बढि महीलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सन्चालन ममता थापाले गर्नुभएको थियो ।