कोहलपुर–नेपालगन्ज सडक खण्डको गनापुरमा बिहीबार दिउँसो भएको बस दुुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
कोहलपुर शिक्षण अस्पतालमा उपचाररत् घोराहीका ३० वर्षिय बिमल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसअघि दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।