- भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रुपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई अस्वीकार गर्ने निर्णय लिएको हो ।
- गृहसचिव एकनारायण अर्याल आफूभन्दा वरिष्ठ तीन जनालाई पछि पार्दै निजामती सेवाको उच्चपद मुख्यसचिवमा पुगेका छन् । । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तीन जना वरिष्ठ सचिवलाई पन्छाउँदै अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
- घाँस काट्नेक्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-३ पडेसकी ४० वर्षीया खड्की ऐडीको शुक्रबार बिहान भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
- राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ । बिहीबार स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको मृत्यु भएको थियो ।
- इजरायलले केयर गिभरका लागि लैजाने २२ जना नेपाली गोला प्रथाबाट छनोट गरेको छ । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोला प्रथामार्फत दुई हजार २०४ जना नेपाली कामदारको छनोट गरेको हो ।
- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशाला बनाउन सरकारसँग जग्गा माग गरेको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले नेपालमा करिब ४० हजार दर्शक अट्ने फुटबल रंगशाला आवश्यक रहेकाले सरकारसँग जग्गा माग गर्ने निर्णय गरेको हो ।
- नेपाल क्रिकेट संघले लेख बहादुर क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय राष्ट्रिय छनोट समिति गठन गरेको छ । संघले पूर्व कप्तान क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहने गरी ३ सदस्यीय राष्ट्रिय छनौट समिति बनाएको हो ।
- नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ ।