बाँकेमा रगत अभाव भएपछि लायन्सले आज शुक्रबार बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम संयोजक कृष्ण प्रसाद श्रेष्ठका अनुसार, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनले संविधान दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रम गर्न लागेको हो ।
‘रगत अभावले ब्लड बैंकमा समस्या भैरहेको समाचार प्रकाशमा आएकाले चौतर्फी समन्वय गरी लायन्स क्लब एरिया ४ का सबै क्लबहरूले संयुक्त रूपमा संविधान दिवसको अवसर पारेर रक्तदान आयोजना गरेका हुन्’, संयोजक श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘रक्तदान महान कार्य भएकाले जीवनदानको यो अभियानमा लायन्सकर्मीहरूसँग समाजका हरेक तह तप्काबाट सहभागिता जनाइदिनुहुन आव्हान गरेका छौं ।’