- वर्षाका कारण दुर्घटना हुने भनी रात्रिबस रोक्न गरेको यात्रासम्बन्धी निर्देशिका जारी गरेको अवस्थामा कसरी यातायात सञ्चालन भए भनेर आन्तरिक छानबिन भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
- सरकारले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता तत्काल उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ ।
- यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
- अन्तराष्ट्रिय श्रम संगठनले जलवायु परिवर्तनको प्रभाबले नेपालका नागरीकको सामाजिक सुरक्षाको चुनौती बढेर आएको जनाएको छ । आइएलओले नेपालले जलवायु परिवर्तनलाई सम्बोधन हुने गरी सामाजिक सुरक्षाको प्रत्याभुति गर्नुपर्नेमा जोड दिएको छ ।
- राज्य व्यवस्था तथा सुशासन समितिले हवाई भाडा नबढाउन र सडक यातायात सुचारू गर्नका लागि तत्कालै सडकहरु मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।
- राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकको स्विकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको अभियोगमा विकल पौडेलविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख ६३ करोड मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
- सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
- काभ्रेमा बाढीपहिरोले यातायातसँगै विद्युत र सञ्चार पनि प्रभावित भएको छ । बाढीपहिरोले विजुली बत्तीमा क्षति पुर्याउँदा सञ्चारसमेत प्रभावित भएको हो ।