आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जीप दुर्घटनामा १३ जना घाइते भएको सञ्चारमाध्यमलाई बताएका छन् ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको बताइएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर त्यहाँ पुगेको पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिइन् ।